५ हजार ६ सय सवारी साधन कारवाहीमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

५ हजार ६ सय सवारी साधन कारवाहीमा


२४ असार २०७६, मंगलबार


रसुवा । ट्राफिक नियम पालना गराई सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्लाका सुरक्षा निकायले गरेका प्रयास सार्थक बन्दै गएको छ ।

सवारी नियमबारे समय समयमा विद्यालयस्तरदेखि सडकसम्म गरिएका चेतनामूलक प्रशिक्षणका साथै भित्तामा टाँसिएका र वितरण गरिएका सन्देशमूलक सामग्रीले सवारी नियमसम्बन्धी ज्ञान बढ्दै गएका कारण पछिल्लो समय ट्राफिक व्यवस्थापनमा सुधार आएको उक्त कार्यालयले जनाएको छ ।

सवारी नियम उल्लङ्घन गर्ने सवारी चालकलाई गरिएको जरिवानामा समेत कमी हुँदै आएकाले ट्राफिक व्यवस्थापन राम्रो हुँदै आएको यहाँका बासिन्दा बताउँछन् ।

गत वर्ष सात हजार ६२६ सवारीसाधन कारवाहीमा परेका थिए भने चालू आर्थिक वर्षमा ५ हजार ६५० सवारीसाधान कारवाहीमा परेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

राष्ट्रिय राजमार्गमा सूचीकृत सडकमा भाडाका सवारी साधन गुडाउनुपूर्व यातायात कार्यालयको स्वीकृति लिनुपर्ने कानूनी व्यवस्था भएकाले सो नियम उल्लङ्घन गर्ने चालकबाट चालू आवमा रु ४२ लाख आठ हजार ५०० जरिवाना गरिएको ट्राफिक प्रहरी इञ्चार्ज रामशरण कुमालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस