राखेप सदस्य सचिवमा रमेश सिलवाल नियुक्त « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राखेप सदस्य सचिवमा रमेश सिलवाल नियुक्त


२३ असार २०७६, सोमबार


काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिवमा रमेश सिलवाललाई जिम्मेवारी दिइएको छ ।

सदस्य सचिव केशव बिष्टको चारबर्षे कार्यकाल असार नौ गते सकिएपछि सिलवालले जिम्मेवारी पाएका हुन्।

सिलवालले आजै सदस्य सचिवको शपथ ग्रहण गर्ने छन् ।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले नयाँ सदस्य सचिवको रुपमा सिलवाललाई पद तथा गोपनियताको शपथ ग्रहण गराउने छन् ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सिलवाललाई खेलकुदको नेतृत्व गर्ने जिम्मेवारी सहित सदस्य सचिवको रुपमा प्रस्ताव गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस