महिला विश्वकपको उपाधि अमेरिकालाई « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

महिला विश्वकपको उपाधि अमेरिकालाई


२३ असार २०७६, सोमबार


काठमाडौं । महिला विश्वकप फुटबलको उपाधि अमेरिकाले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा मा नेदरल्यान्ड्सलाई २–० गोल अन्तरले पराजित गर्दै अमेरिकाले महिला विश्वकप फुटबलको उपाधि जितेको हो ।

फ्रान्सस्थित लियोन ओलम्पिक स्टेडियममा भएको फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा अमेरिका गोल गर्न सफल भएको हो । अमेरीकाको उपाधि जितमा मेगन रापिनो र रोज रावेलोले गोल गरीन् ।

फ्रान्समा सम्पन्न विश्वकपको उपाधि अमेरिकालाई दिलाउन मेगान रापिनोई र रोज लाभिल्लीले गोल गरे

६९ औं मिनेटमा नै लाभिल्लीले अर्को गोल थप्न सफल भइन् । उनको गोलसँगै अमेरिका २–० गोलअन्तरले अघि रहृयो । बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि अमेरिकाले उपाधि जितेको हो ।

तलनात्मक रुपमा पहिलो हाफभन्दा दोस्रो हाफमा अमेरिकाविरुद्ध निरिह देखिएको नेदरल्यान्ड्सले विश्वकपको उपाधि जित्ने राम्रो अवसर खेर फाल्यो ।

अमेरिकाले महिला विश्वकपको उपाधि जितेको चौथो पटक हो । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस