घुस मागेको अभियोगमा खरिदार चौधरीविरुद्ध मुद्दा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

घुस मागेको अभियोगमा खरिदार चौधरीविरुद्ध मुद्दा


२२ असार २०७६, आइतबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत कलैया बारामा कार्यरत खरिदार सुनिल चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अदालताको फैसला कार्यान्वयनका लागि मालपोत कार्यालयलाई पत्राचार गर्नुपर्ने कागजात पत्राचार नगरी विभिन्न बहानामा सेवाग्राहीसँग रु १८ हजार घुस मागेको अभियोग चौधरीमाथि लागेको छ । आयोगले खरिदार चौधरीलाई केही दिनपहिले घूस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस