महत्त्वपूर्ण वस्तुगत सामान्य ज्ञान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

महत्त्वपूर्ण वस्तुगत सामान्य ज्ञान


भुवन ज्ञावाली

२१ असार २०७६, शनिबार


loksewa-tayari-bastugat-samanyagyan

1. फेसबुकको (Facebook) नयाँ डिजिटल करेन्सीको नाम के हो ?
उत्तरः Libra
2. बहुआयामिक गरिबी सुचकाङ्क (Multi-Dimensional Poverty Index) – २०७४ अनुसार सबैभन्दा बढी गरिवी रहेको प्रदेश कुन हो र कति प्रतिशत रहेको छ ?
उत्तरः कर्णाली प्रदेश, ५१.२ प्रतिशत
3. हिमाली दर्शनका पुस्तक लेखक को हुन् ?
उत्तर : मोहन वैध किरण
4. “कपरकट्टी ताल” रुपन्देही जिल्लामा पर्दछ भने “जङ्गे झरना” कुन जिल्लामा पर्दछ ?
उत्तरः रौतहट (चन्द्रपु नगरपालिका)
5. नेपाल सरकार र भियतनाम सरकार बिच एक अर्के देशमा लगानी तथा व्यापार प्रवर्द्धन गर्ने बारे द्विपक्षीय समझदारी कहिले भयो ?
उत्तरः २०१९ मे ११, (२०७६ वैशाख २८)
6. “Operation Quack” के सँग सम्वन्धीत छ ?
उत्तरः नक्कली प्रमाणपत्रधारी डाक्टर (नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरोले नक्कली प्रमाणपत्रधारी डाक्टर पक्राउ गर्न सञ्चालन गरेको अपरेशन)
7. माछा, मासु चिस्याउन Dry Ice को रूपमा कुन ग्याँस प्रयोग गरिन्छ ?
उत्तरः कार्वनडाइअक्साइड
8. कम्प्युटर (Computer) कुन भाषाबाट उत्पत्ति भएको शब्द हो ?
उत्तरः ल्याटिन भाषा
9. विशेष आर्थिक क्षेत्र ऐन, २०७५ अनुसार विशेष आर्थिक क्षेत्रमा स्थापना भएका उद्योगहरूबाट उत्पादन गरेको कम्तीमा कति प्रतिशत वस्तु तथा सेवा निर्यात गर्नु पर्दछ ?
उत्तरः ६० प्रतिशत
10. सन् 2026 को Winter Olympics कुन देशको कुन सहरमा आयोजना हुँदैछ ?
उत्तरः मिलान (इटाली)
11. “हर्म्य” भन्नाले के बुझिन्छ ?
उत्तरः धनीहरूको घर
12. “मानव तथा जीव समूह” नामक कार्यक्रम चलाउने संस्था कुन हो ?
उत्तरः युनेस्को
13. राल्फाली आन्दोलनको प्रमुख प्रभाव के हो ?
उत्तरः प्रगतिवादी चेतनाको विकास
14. खुला समुन्द्र सम्बन्धी जेनेभा सन्धि कहिले तर्जुमा गरियो ?
उत्तरः सन् १९५८
15. गण्डकी नदिका सहायक नदीहरूको उद्गमस्थल वा अवस्थितिका आधारमा पूर्वबाट पश्चिम क्रमशः कुन सही छ ?
उत्तरः त्रिशूली, वुढीगण्डकी, मर्स्याङ्दी, मादी, दरौंदी
16. जनसङ्ख्याको आधारमा विश्वको सबैभन्दा ठुलो भूपरिवेष्ठित राष्ट्र कुन हो ?
उत्तरः इथोपिया
17. कम्युनिस्ट पिक कुन देशमा पर्दछ ?
उत्तरः ताजिकिस्तान
18. भारत र पाकिस्तान बिच सीमा निर्धारण कसले बनाएको थियो ?
उत्तरः सर कौरिल रेडक्लिफ
19. आदीमानवले सर्वप्रथम कुन पशुको पालन गरेको थियो ?
उत्तरः कुकुर
20. गौतम बुद्धले आफ्नो प्रथम गुरु कसलाई बनाएका थिए ?
उत्तरः आलारकलाम

Tags :
प्रतिक्रिया दिनुहोस