ठगी गर्ने दुई पाकिस्तानी नागरिक पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ठगी गर्ने दुई पाकिस्तानी नागरिक पक्राउ


२० असार २०७६, शुक्रबार


भक्तपुर । विभिन्न अपराधमा संलग्न रहेको आरोपमा यहाँबाट दुई पाकिस्तानी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भक्तपुरको दरवार स्क्वायरस्थित स्वीट होमबाट पाकिस्तानको इस्लामाबाद बस्ने ३२ वर्षीय मोहसिन खान र ३१ वर्षीया पूजा मोहसिन खानलाई आज पक्राउ गरेको हो ।

ललितपुर निवासी राजेन्द्र श्रेष्ठले सञ्चालन गरेको काठमाडौँ महानगरपालिका–२३ झोँछेस्थित डेभिस मेट्रो मनि एक्सचेन्जबाट अमेरिकी डलर नौ सय, साउदी रियाल तीन हजार र चिनियाँ युआन एक हजार ४०० चोरी गरेर फरार रहेका उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए ।

उनीहरुले उक्त मनि एक्सचेन्जमा ५०० साउदी रियाल अमेरिकी डलरमा साट्ने बहाना गरी भ्रममा पारी उक्त विदेशी मुद्रा चोरी गरेको अभियोगमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

यसअघि उनीहरुले गत वैशाख २९ गते सूर्यविनायकस्थित रामकृष्ण श्रेष्ठको आर।के। इलेक्ट्रिक एण्ड इलेक्ट्रनोनिक्स सेन्टरबाट रु ३० हजार, लोकन्थलीस्थित शन्तकृष्ण हेकाको हेका किचेन स्टोर्सबाट रु ७० हजार र रुपन्देही बुटवलस्थित शारदा वाग्लेको राइजिङ स्पोर्टस् ग्यालरीबाट रु एक लाख ५० हजार चोरी गरेको घटनामा गत वैशाख ३१ गते पक्राउ परी जनही रु ५०–५० हजार धरौटीमा छुटेका थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस