ग्लोबल आइएमई र जनता बैंक बीच मर्जरको लागि सहमती पत्रमा हस्ताक्षर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ग्लोबल आइएमई र जनता बैंक बीच मर्जरको लागि सहमती पत्रमा हस्ताक्षर


२० असार २०७६, शुक्रबार


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेडले आज मर्जरको लागि सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।

आज आयोजित कार्यक्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष श्री चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष श्री केशब बहादुर रायमाझीले मर्जरका लागि सहमती पत्रमा हस्ताक्षर गरेका हुन् ।

मर्जरपछि बैंकको नाम ग्लोबल आइएमइ नै रहने छ भने सञ्चालक समितिको अध्यक्षमा श्री चन्द्रप्रसाद ढकालले नै निरन्तरता पाउने छन् ।

सञ्चालक समितिमा ग्लोबल आइएमईबाट पाँच जना र दुई जना जनता बैंकबाट रहने छन् ।

त्यस्तै प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्री रहने र बरिष्ठ डेपुटी सिइओमा ग्लोबल आइएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल रहने सहमती भएको छ ।

प्रतिक्रिया दिनुहोस