२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केबुल टिभीको सिगनल बाइपास गरेको अभियोगमा तीन पक्राउ

अ+ अ-

पर्सा । केबुल टिभीको सिगनल बाइपास गरी राजश्व छली गरेको अभियोगमा स्थानीय प्रशासनले तीन व्यक्तिलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिकाको वडा नं ८ गहवास्थित ‘हाम्रो टिभी’को कार्यालयमा बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सा नेतृत्वको टोलीले छापामारी आवश्यक अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको हो ।

सिगनल बाइपास गरी राजश्व छली भइरहेको सूचनाको आधारमा कारवाही गर्दा हाम्रो टिभीको कार्यालयबाट सूचनाअनुसारका प्रमाण फेला परेपछि अनुसन्धानका लागि गहवान निवासी सञ्चालक विजेन्द्रप्रसाद चौरसिया, दिनेश कहार र वीरगन्ज विर्ता निवासी युवराज भट्टराईलाई पक्राउ गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनले छापामारीका क्रममा विभिन्न केवल टिभीका सेन्टो बक्स, रिचार्ज कार्ड, विभिन्न बैंकको कागजात, ल्यापटप बरामद भएपछि केबुलको प्रसारणलाई बन्द गरी कार्यालयमा शिलबन्दी गरिएको बताए । पक्राउ परेका व्यक्ति तथा बरामद सामग्रीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाइएकोे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका व्यक्तिमाथि अनुसन्धानपछि कुन मुद्दा चलाउन उपयुक्त हुने सोहीबमोजिम मुद्दा चलाइने प्रजिअ भट्टराईले जानकारी दिए ।

हाम्रो टिभीको आडमा भइरहेको सिगनल बाइपासबाट महिनामा लाखौँ रुपैया राजश्व नेपाल सरकारले गुमाउनु परिरहेको प्रशासनले बताएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको छापामा जिल्ला प्रहरी कार्यालय, हुलाक कार्यालय, आन्तरिक राजश्व कार्यालय, नेपाल टेलिकमगायतका कार्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।रासस

प्रतिक्रिया दिनुहोस