अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प


प्रशासन विशेष ब्युरो

२० असार २०७६, शुक्रबार


काठमाडौँ। अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसबाट उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

दक्षिण क्यालिफोर्नियाको २ दशकयताकै शक्तिशाली मानिएको भूकम्पबाट भौतिक क्षति पुगेको विवरण प्राप्त भए पनि मानवीय क्षतिबारे जानकारी प्राप्त नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भूकम्पका कारण विभिन्न ठाउँमा आगलागी भएको छ भने कैयू भवनहरु भत्किएका छन् ।

भूकम्पको झट्का नेभादा राज्यको लास भेगाससम्म महसुस गरिएको थियो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्थिति नियन्त्रणमा रहेको भन्दै ट्वीट गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस