२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैंकिङ् कसुर मुद्दामा बैंकका कर्मचारीसहित तीन पक्राउ

अ+ अ-

काठमाडौं । बैंकिङ कसुरमा कृषि विकास बैंकका कर्मचारीनै संलग्न रहेको फेला परेको छ ।

कृषि विकास बैंक रत्नपार्क कार्यालयको छाप, दस्तखत तथा लेटरप्याडसमेत अनाधिकृत रुपमा प्रयोग गरी ‘एड्भान्स पेमेन्ट ग्यारेण्टी’ तयार गरेर बैंकलाई हानीनोक्सानी पुर्‍याएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकका कर्मचारीसहित तीन जनालाई पक्राउ गरेपछि उक्त तथ्य फेला परेको हो ।

पक्राउ पर्नेमा बैंकका कर्मचारी भक्तपुर बालकोटका छविलाल ढकाल, ठेकेदार कम्पनी एमएस एमके र वाइपीका प्रतिनिधि धनकुटा, महालक्ष्मी नगरपालिका– ७ बस्ने रणधिर तुम्बा, र बाजुरा घर भई ललितपुर महालक्ष्मी नगरपालिका–२ बस्ने देवजङ्ग शाही रहेको ब्यूरोले जनाएको छ ।

हाल निलम्बनमा रहेका तत्कालीन बैंकका शाखा अधिकृत ढकालले उनीहरुसँग मिलेर बैंकलाई नोक्सानी पु¥याउने उद्देश्यले तीन वर्षअघि रु एक करोड १० लाखको ‘एड्भान्स पेमेन्ट ग्यारेण्टी’ तयार गरी बैंकिङ अपराध गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको विषयमा अहिले पाटन उच्च अदालतबाट म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान गरिरहेको ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

उनीहरुले २०७३ साल असारमा साविक भोजपुर प्राविधिक कार्यालय र ठेकेदार कम्पनी एमएस एमके र वाइपीका बबरमहल काठमाण्डौँबीच भोजपुर– टक्सारकोट–गोगने–लेखर्क सडक स्तरोन्नतिको लागि रु बाह्र करोड ५५ लाख ९७ हजारमा ठेक्का सम्झौता हुँदा नक्कली जमानत पेश गरेको खुल्न आएको छ ।

सो क्रममा बैंकका कर्मचारी ढकालले बैंकबाट ‘एड्भान्स पेमेन्ट ग्यारेण्टी’ तयार पारी उनीहरुलाई उपलब्ध गराएको पाइएको छ ।

उनीहरुले सविक प्राविधिक कार्यालय भोजपुरबाट दुई किस्तामा रु एक करोड १० लाख झुक्तानी लिई सकेकोसमेत खुल्न आएको प्रहरी उपरीक्षक रेगमीले जानकारी दिए । हाल उक्त सडकको ठेक्का स्थगित भएको जनाइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस