विषयगत प्रश्नोत्तर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विषयगत प्रश्नोत्तर


१८ असार २०७६, बुधबार


१. स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार न्यायिक समितिलाई के–कस्ता विवादको निरुपण गर्ने अधिकार छ ? उल्लेख गर्नुहोस् ।
उत्तर: स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ४७ अनुसार न्यायिक समितिलाई देहायका विवाद निरुपण गर्ने अधिकार छ :
क) आलीधुर, बाध पैनी, कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग,
ख) अर्काको बाली नोक्सानी गरेको
ग) चरन, घाँस, दाउरा,
घ) ज्याला मजदुरी नदिएको,
ङ) घरपालुवा पशुपंक्षी हराएको वा पाएको,
च) ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको,
छ) नाबालक छोराछोरी वा पतिपत्नीलाई इज्जत आमद अनुसार खान लाउन वा शिक्षादीक्षा नदिएको,
ज) वार्षिक पच्चीस लाख रुपैयाँसम्मको विगो भएको घर बहाल र घर बहाल सुविधा,
झ) अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असरपर्ने गरी रुखबिरुवा लगाएको,
ञ) आफ्नो घर वा बसेलीबाटअर्काको घर, जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको,
ट) साँधियारको जग्गातर्फ झ्याल राखी घर बनाउनुपर्दा कानुन बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको,
ठ) कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रुपमा प्रयोग हुँदै आएको बाटो, बस्तुभाउ निकाल्ने निकास, वस्तुभाउ चराउने चौर, नहर, पोखरी, पाटी पौवा, अन्त्ष्टि स्थल, धार्मिक स्थल वा अनय कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिउको वा वाधा पुर्‍याएको,
ड) संघीय वा प्रदेश कानसनले स्थानीय तहबाट निरुपण हुने भनी तोकेका अन्य विवाद ।

Tags :
प्रतिक्रिया दिनुहोस