समसामयिक वस्तुगत प्रश्नोत्तर « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

समसामयिक वस्तुगत प्रश्नोत्तर


१८ असार २०७६, बुधबार


१. सरकारले कुन दिनलाई राष्ट्रिय वृक्षारोपण दिवसका रुपमा मनाउने निर्णय गर्‍यो ?
– असार १४

२. वि.स. २०७६ असारमा सम्पन्न राष्ट्रिय कविता महोत्सवमा प्रथम स्थान हासिल गर्न सफल कवि को हुनुहुन्छ ?
– हेम प्रभास

३. नेपालको संविधान अनुसार सर्वोच्च अदालतमा कतिजना न्यायाधीश रहने प्रावधान रहेको छ ?
– प्रधाननन्यायाधीशका अतिरिक्त २० जना

४. पाइलटको सहायताविना जहाज उडान र अवतरण गरिने प्रविधिलाई के भनिन्छ ?
– स्याटेलाइट नेभिगेसन सिष्टम

५. २०७६ असारमा प्रदान गरिएको अरनिको प्रज्ञा सम्मान बाट सम्मानित हुने कलाकार को हुन् ?
–कलाकारद्वय चिनीकाजी ताम्राकार र रतनकुमार राई

६.  औद्योगिक राष्ट्रहरुको समूह जी–२० को सम्मेलन सन् २०१९ मा कहाँ आयोजना गरियो ?
–  जापान (सन् २०१९ जुन २८–२९)

७. सरकारद्वार राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजना कहिले गरियो ?
– विस. २०७६ असार १५–१६

८. नेपाल संयुत्तः राष्ट्रसंघीय लागूऔषध आयोगको सदस्यमा कुन अवधिका लागि नियुक्त भएको हो ?
–  सन् २०२०–२०२३

९. विसं २०७६ असार १५ मा मनाइएको राष्ट्रिय धान दिवसको नारा के थियो ?
– ‘धान खेतीमा प्रविधि र यान्त्रीकरण : चामल आयातमा नियन्त्रण’

१०. नेपालमा वन्यजन्तु डीएनए परीक्षणको सुरुवात कहिलेदेखि गरिएको हो ?
– वि.स. २०७४ पुष ४

११. सङ्गीत तथा नाट्य विधातर्फको राष्ट्रिय प्रतिभा पुरस्कार (२०७६) कसलाई प्रदान गरियो ?
– गायक तथा सङ्गीतकार जीवन शर्मा

१२. अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम इनिङमा बीस हजार रन बनाई कायम गर्ने क्रिकेटर को हुन् ?
– भारतीय कप्तान विराट कोहली

१३. नेपालमै पहिलो पटक डाटा सेन्टर समिट कहिले आयोजना गरियो ?
– वि.सं २०७६ असार

१४. नेपालमा महालेखा परीक्षकको कार्यालय स्थापना कहिले भएको हो ?
– वि.स. २०१६ असार १५

१५. नेपालमा पहिलो पटक स्मार्ट लाइटको प्रयोग गर्ने महानगरपालिका कुन् हो ?
– ललितपुर महानगरपालिका

१६. चितवन राष्ट्रिय निकुञ्जलाई प्लाष्टिक मुक्त घोषणा कहिले गरिएको हो ?
– वि.स. २०७५ पुष १७

१७. नेपालकै सबैभन्दा कान्छो जिल्ला कुन हो ?
– रुकुम पूर्व

१८.विराटनगर र वीरगञ्जलाई महानगरपालिका घोषणा कहिले गरिएको हो ?
– २०७४ जेठ १७

१९. रमणीय स्थल पौवा भञ्ज्याङ कहाँ पर्छ ?
– पाँचथर

२०. अमेरिकास्थित स्पेस एक्स कम्पनीले एकैसाथ २४ भूउपग्रह अन्तरीक्षमा कहिले प्रक्षेपण गरेको हो ?
– सन् २०१९ जुन २५

२१. २०७६ असार १२ मा सार्वजनिक एसईईको नियमिततर्फको नतिजाअनुसार जीपीए ३.६० देखि ४ ल्याउने विद्यार्थी कति रहेका छन् ?
– १६,८८२


श्रोत : गोरखापत्र 

Tags :
प्रतिक्रिया दिनुहोस