चन्द समूहका कार्यकर्ता पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चन्द समूहका कार्यकर्ता पक्राउ


१७ असार २०७६, मंगलबार


विदुर । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’समूहका कार्यकर्तालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त बालाजुले ४२ वर्षीय सागर तामाङलाई काठमाडौँको तारकेश्वर नगरपालिकाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई बुझाएको प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए । तामाङमाथि २०७५ साउन २९ गते शिवपुरी गाउँपालिका–८ बोहोरे खोला नजिक सडकमा राखिएको बा४ख ८५१६ नं को टिपरमा आगजनी गरेको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस