प्रविधिमा आधारित बैंकिङ प्रणालीमा पूर्ण विश्वस्त छैन : अर्थमन्त्री खतिवडा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रविधिमा आधारित बैंकिङ प्रणालीमा पूर्ण विश्वस्त छैन : अर्थमन्त्री खतिवडा


१७ असार २०७६, मंगलबार


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रविधिमा आधारित बैंकिङ प्रणालीमा आफू पूर्ण विश्वस्त हुन नसकेको बताएका छन् ।

नेपाल धितोपत्र बोर्डले आयोजना गरेको वित्तीय साक्षरता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै अर्थमन्त्री खतिवडाले प्रविधिमा आधारित बैंकिङ प्रणालीप्रति अझै विश्वस्त हुन नसकिएको बताएका हुन् ।

मन्त्री खतिवडाले आफूले २५ वर्षभन्दा लामो समय केन्द्रीय बैंकमा काम गरेको अनुभव सुनाउँदै भने, ‘मैले यही क्षेत्रमा लामो समय काम गरिसकेँ, तर अझै म प्रविधिमा आधारित बैंकिङ प्रणालीप्रति पूर्ण विश्वस्त हुन सकेको छैन भने अरुको हालत के होला ?’

अर्थमन्त्री खडिवडाले विश्वमा प्रविधिको प्रयोग बढ्दै गएको र प्रविधिको प्रयोगसँगै चुनौतीहरु पनि थपिदै गएको बताए । उनले प्रविधिको नियमन अझै कडा हुनु पर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस