२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हङकङको संसदभित्र प्रदर्शनकारीले गरे संसद भवन तोडफोड

अ+ अ-

काठमाडौं । हङकङको संसदभित्र प्रदर्शनकारीहरुले संसद भवन तोडफोड गरेका छन् । ब्रिटेनले हङकङ चीनलाई हस्तान्तरण गरेको वर्षगाँठको अवसरमा भेला भएका प्रदर्शनकारीहरुले संसद भवन तोडफोड गरेका गरेका हुन् ।

सुरक्षाकर्मीहरु संसद भवन परिसरलाई आफ्नो नियन्त्रणमा लिन सफल भएका छन् ।

मुख्य सभा हलभित्रै छिरेर प्रदर्शनकारीले हङकङको प्रतीक चिह्नमा कालो रंग पोतेर ब्रिटेनको झण्डा राखेका थिए । टाउकोमा हेल्मेट र मुखमा माक्स लगाएका प्रदर्शनकारीले फर्निचरहरु तोडफोड गर्ने, भित्तामा सरकारविरोधी नाराहरु लेख्नेलगायतका काम पनि गरे । मध्यरातपछि सुरक्षाकर्मीले बल प्रयोग गरेर उनीहरुले त्यहाँबाट हटाउन सफल भएको थियो ।

हङकङमा हप्तौंदेखि सुपुर्दगीसम्बन्धी विधेयकको विरोध हुँदै आएको छ । हङकङ सरकारले उक्त विधेयक फिर्ता लिइसकेको छ । तर पनि प्रदर्शन रोकिएको छैन । संसद भवनमा भएको आक्रमणलाई पनि त्यसैको श्रृंखलाअन्तर्गत हेरिएको छ ।

प्रदर्शनकारीले विधेयक फिर्ता नभइ खारेज गर्न र हङकङको कार्यकारी प्रमुख क्यारी लामको राजीनामा माग गर्दै आएका छन् । उक्त विधेयकअनुसार कानुन बनेमा अभियुक्तहरुलाई चीनलाई हस्तान्तरण गर्न सकिने र चीनमै मुद्दा चलाउन सकिने छ । प्रदर्शनकारीहरुले यस्तो व्यवस्था भए चीनले गलत प्रयोग गर्न सक्ने भन्दै विरोध गरेका छन् । राजनीतिक रुपमा असहमत हुनेहरुलाई निशाना बनाउन सकिने चिन्ता उनीहरुको छ ।

सोमबार सयौंको संख्यामा रहेका प्रदर्शनकारीहरु संसद भवनमा घुसे । साँझपख सुरक्षाकर्मीहरु पनि त्यहाँबाट हटे । प्रदर्शनकारीहरु केहीबेर चुपचाप बसिराखे । तर पछि, उनीहरुले तोडफोड सुरु गरे । प्रहरीले अश्रुग्यांस र लाठी चार्ज गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको थियो । झडपको क्रममा १३ जना प्रहरीसमेत घाइते भएका छन् ।

प्रदर्शनकारीले नाली सफा गर्ने तरल प्रदार्थ छ्यापिदिँदा प्रहरीहरु घाइते भएको र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको समाचार एजेन्सीले उल्लेख गरेका छन् ।

अप्ठ्यारोमा परेकी हङकङकी नेतृ केरी लामले पत्रकार सम्मेलन गर्दै संसद भवनभित्र घुसेर हिंस्रक व्यवहार गर्नेहरुको आलोचना गरेकी छन् ।

हङकङ सन् १९९७ यता चीनको एक देश दुई प्रणाली सिद्धान्तअनुसार स्वायत्त छ ।

प्रतिक्रिया दिनुहोस