सशस्त्र प्रहरीका चार पूर्वआईजीपीलाई सफाइ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सशस्त्र प्रहरीका चार पूर्वआईजीपीलाई सफाइ


प्रशासन विशेष ब्युरो

१६ असार २०७६, सोमबार


काठमाडौँ । सशस्त्र प्रहरी बलका चार पूर्वमहानिरीक्षक(आईजीपी)ले भ्रष्टाचारको मुद्दामा सफाइ पाएका छन् ।

विशेष अदालतले सामान ढुवानीको क्रममा सशस्त्र प्रहरी बलका पूर्वप्रमुख लगायतका अधिकारीहरूले भ्रष्टाचार गरेको भन्दै अख्तियारको आरोपलाई ‘स्थापित हुन नसक्ने’ ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, वासुदेव ओली र सनतकुमार बस्नेतलाई सफाइ दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ साल माघ १८ गते सशस्त्र प्रहरी बलका निलम्बित महानिरीक्षक कोषराज वन्त सहित ११ जना अधिकारी विरुद्ध ६ करोड ७९ लाख रुपैयाँ बिगो मागदावी सहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस