लोक सेवा विज्ञापन विवाद आज टुङ्गो लगाउला त सर्वोच्चले ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लोक सेवा विज्ञापन विवाद आज टुङ्गो लगाउला त सर्वोच्चले ?


१६ असार २०७६, सोमबार


काठमाडौँ । लोक सेवा आयोगले प्रकाशन गरेको स्थानीय तहको विज्ञापनसम्बन्धी मुद्दाबारे सर्वोच्च अदालतमा आज (सोमबार) सुनुवाइ हुँदैछ ।

न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा. ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा आइतबार बहस हुँदाहुँदै नसकिएपछि हेर्दाहेर्दै सूचीमा आजको लागि राखिएको थियो ।

स्थानीय तहको विज्ञापनसम्बन्धी परेका चार रिट निवेदनमाथि यही असार ८ गतेदेखि सुनुवाइ सुरु भएको मुद्दा यसअघि एउटै इजलासमा राखी सुनुवाइ गर्न आदेश दिएको थियो ।

आयोगले देशभरका ५ सय १५ स्थानीय तहको नौ हजार एक सय ६१ सिटका लागि गरेको विज्ञापनमा करिब ४ लाखको हाराहारीमा दरखास्त परेको छ । विज्ञापन समावेशी नभएको भन्दै सर्वोच्चमा रिट निवेदन दायर भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस