प्रहरीले चलाएको गोली लागि एकको मृत्यु, दर्जनौँ घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रहरीले चलाएको गोली लागि एकको मृत्यु, दर्जनौँ घाइते


प्रशासन विशेष ब्युरो

१५ असार २०७६, आइतबार


जनकपुर । सर्लाहीमा प्रहरीले चलाएको गोली लागेर १ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

खाल्डोमा डुबेर बालकको मृत्युपछि आक्रोशित स्थानीयले सर्लाहीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दा बाटो खुलाउने क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको हो ।

राजमार्ग खुलाउने क्रममा प्रहरीले हवाई फायर गर्दा सर्लाही, ईश्वरपुर–१३ बस्ने २७ वर्षका केवल महतोको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।

बाँके खोलाबाट बालुवा–गिट्टी झिक्दा बनेको खाल्डोमा डुबेर १२ वर्षीय बालक अमित रायको मृत्यु भएपछि आक्रोशित स्थानीयले आइतबार अपरान्ह पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्न पुगेका थिए।

आक्रोशित स्थानीय पूर्व–पश्चिम राजमार्गमा शव लिएर प्रदर्शनमा उत्रिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति बढाइएको थियो ।

प्रदर्शनकारीले प्रहरीलाई लक्षित गरी ढुंगामुढा प्रहार गरेपछि लाठी चार्ज हुँदै अश्रु ग्यास र रबरको बुलेट प्रहार गरेको थियो। यसपछि पनि प्रदर्शनकारीले ढंगामुढा गर्न नछोडेपछि प्रहरीले हवाई फायर गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस