बारको नयाँ नेतृत्वका लागि मतदान « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बारको नयाँ नेतृत्वका लागि मतदान


१४ असार २०७६, शनिबार


काठमाडौं । काठमाडौं अदालत जिल्ला बार एकाइको नयाँ नेतृत्वका लागि मतदान शुरु भएको छ ।

नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि शुरु भएको मतदान ४ बजे सम्पन्न हुने काठमाडौं बार निर्वाचन अधिकृत कमलराज अधिकारीले जानकारी दिए ।

निर्वाचनमा लोकतान्त्रिक समूहबाट अध्यक्षमा जगदिश घिमिरे र प्रगतिशील समूहबाट कुमार आचार्यको समूहबीच प्रतिस्पर्धा हुँदैछ । दुई हजार ६०८ मतदाता रहेको सो बार एकाइमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष, महिला सदस्य (दुई) तथा खुला सदस्य १२ जना गरी १९ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस