महत्वपूर्ण वस्तुगत समसामयिक सामान्यज्ञान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

महत्वपूर्ण वस्तुगत समसामयिक सामान्यज्ञान


भुवन ज्ञावाली

१४ असार २०७६, शनिबार


लोक सेवा तयारी

१. Global Leadership Foundation ले आयोजना गरेको तेस्रो एसियन लिडरसिप समिट कुन देशमा आयोजना गरिएको हो ?

उत्तरः थिम्पु, भुटान

२. फर्नान्डो टोरेस कुन देशका खेलाडी हुन् । कुन खेल सँग सम्वन्धीत छन् ?

उत्तरः स्पेन, फुटवल (June 23, 2019 अन्तर्राष्ट्रिय फुटवलबाट सन्यासको घोषणा गरेका छन् )

३. संयुक्त राष्ट्र संघले सार्वजिक सेवा दिवस (Public Service Day) कहिले मनाउने गर्दछ ?

उत्तरः २३ जुन

४. सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएको मुलुक मौरिटानियाको हालै भएको निर्वाचनबाट नवनियुक्त राष्ट्रपतिको नाम के हो ?

उत्तरः Mohamed Ould Ghazouani

५. “My Life, My Mission” पुस्तक कसले लेखेका हुन् ?

उत्तरः बाबा रामदेव

६. हालै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (IOC) द्वारा नयाँ अन्तर्राष्ट्रिय ओलम्पिकको मुख्यालय कुन देशमा स्थापना गरेको छ ?

उत्तरः लौसेन्ने, स्वीजरल्याड

७. हाल विश्वको Highest Market Capitalization भएको कम्पनि कुन हो ?

उत्तरः माइक्रोसफ्ट कम्पनि

८. हालै सार्वजनिक Asian Development Outlook report 2019 अनुसार Asia-Pacific Region का ४५ देशहरुमा सवैभन्दा वढी आर्थिक वृद्धि हासिल गर्ने मुलुक कुन हो ?

उत्तरः बंग्लादेश (आर्थिक वृद्धि ७.९ प्रतिशत, (२०१८-१९ )

९. Financial Action Task Force (FATF) को पूर्ण सदस्यता प्राप्त गर्ने पहिलो अरब राष्ट्र कुन हो ?

उत्तरः साउदी अरब

१०. १२ औं एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता कुन-कुन देशमा सञ्चालन भैरहेको छ ?

उत्तरः इङ्ल्याण्ड र वेल्समा (May 30, 2019 – Jul 14, 2019)

११. African Union (AU) Summit- 2019 कहिले कुन देशमा आयोजना हुँदैछ ?

उत्तरः जुलाई ७-८, २०१९, नाइजर

१२. सेयरालियोनको राजधानीको नाम के हो ?

उत्तरः फ्रिटाउन

१३. सन् 2019 जुन ५ को विश्व वातावरण दिवसको होस्ट देश कुन रहेको थियो ?

उत्तरः चिन (With a theme of “Air Pollution”)

१४. विश्व संगित दिवस – 2019 को नारा के थियो ?

उत्तरः  “Music at the intersections”

१५. ८ औं विश्वकप -2019 महिला फुटवल प्रतियोगिता कहाँ सञ्चालन भैरहेको छ ?

उत्तरः फ्रान्स  (Jun 7, 2019 – Jul 7, 2019, खेलमा २४ देश सहभागि)

१६.अमेरिकी मल्टिन्यास्नल कम्पनी एप्पल इंक को मुख्यालय कहाँ रहेको छ ?

उत्तरः कुपरटिनो क्यालिफोर्निया

१७. कुन देशले सन् २०३० सम्ममा पेट्रोल र डिजेलबाट चल्ने सवारी साधन प्रतिवन्ध गर्ने घोषणा गरेको छ ?

उत्तरः आयरल्याण्ड

१८. अमेरिकाको प्रसिद्ध विश्व विद्यालय हार्वर्ड विश्वविद्यालयले प्रदान गर्ने हार्वर्ड हिरो – २०१९  प्राप्त गर्ने पहिलो नेपाली चेली को हुन् ?

उत्तरः सन्तोषी बस्नेत

१९. नेपाल प्रज्ञा प्रतिष्ठानको ६२ औं वार्षिकोत्सवमा आयोजना गरिएको राष्ट्रिय कविता महोत्सव-२०७६ मा प्रथम हुने कवि को हुन् ?

उत्तरः हेम प्रभास, धादिङ (कविताको शिर्षकः परदेश गएका पतिका नाममा)

२०. “खस संग्रहालय कुन ठाउँमा निर्माण हुने भएको छ ?

उत्तरः जुम्ला, सिन्जा

Tags :
प्रतिक्रिया दिनुहोस