जबर्जस्तीकरणी गरेको अभियोगमा दुई जना पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जबर्जस्तीकरणी गरेको अभियोगमा दुई जना पक्राउ


१३ असार २०७६, शुक्रबार


दमौली । जबर्जस्तीकरणी गरेको अभियोगमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । नवलपरासीबाट दमौलीतर्फ आउँदै गरेको ना १ क ४३४९ नं को ट्रकमा एक महिलालाई जबर्जस्तीकरणी गरेको अभियोगमा ट्रकका चालक र सह चालक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ट्रक चालक मोरङ उर्लाबारी नगरपालिका–३ बस्ने ३१ वर्षीय विमल ढकाल र सह–चालक सोही ठाउँ बस्ने ३२ वर्षीय गोपाल भण्डारी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । उनीहरुलाई ब्यास नगरपालिका–३ बिपीवनवाटिका नजिक ट्रकबाट रड अनलोड गर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

नवलपुरस्थित डण्डाबाट ट्रकमा लिफ्ट मागेर दमौलीतर्फ आउँदै गरेकी एक महिलालाई ब्यास–१२ छिर्कनेस्थित पृथ्वीराजमार्ग सडक किनारामा ट्रक रोकी निजहरुले आज जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका विरुद्ध जबर्जस्तीकरणी मुद्दामा आज जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ । पीडित महिलाको स्वास्थ्य संस्थामा परीक्षण गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस