दुरसंचार प्राधिकरणको अध्यक्ष पदका उम्मेदवारहरुको प्रस्तुतीकरण र अन्तर्वार्ता मिति सार्वजनिक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दुरसंचार प्राधिकरणको अध्यक्ष पदका उम्मेदवारहरुको प्रस्तुतीकरण र अन्तर्वार्ता मिति सार्वजनिक


१३ असार २०७६, शुक्रबार


काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त्त अध्यक्ष पदका लागि उम्मेदवारहरुको व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वाताको मिति सार्वजनिक गरिएको छ ।

१६ गतेदेखि बेलुका ०५ः०५ बजेदेखि शुरु हुने प्रस्तुती र अन्तर्वार्ता संचार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरवारमा हुनेछ ।

अध्यक्ष पदका लागि परेका १२ वटा आवेदनहरुमध्ये पहिलो दिन अर्थात १६ गते देव नारायण यादव, अनिल कुमार झा, दिपक राज जोशी, रोहित रौनियारको प्रस्तुती रहेको छ भने १७ गते नन्द विक्रम अधिकारी, गोविन्द प्रसाद दाहाल, पुरुषोत्तम खनाल र मधुसुदन कर्माचार्यले प्रस्तुती गर्नेछन् । त्यसैगरी तेस्रो दिन डिल्लीप्रसाद चौधरी, प्रकाश बराल, सुरेश कुमार कार्की र बुद्धि प्रसाद आचार्यको प्रस्तुतीकरण गर्ने तालिका रहेको छ ।

आवेदकमध्ये पुरुषोतम प्रसाद खनाल प्राधिकरणकै कर्मचारी हुन् भने सुरेश कुमार कार्की रेडियो नेपालका कार्यकारी निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस