२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सप्तरीको कञ्चनरुपपछि सप्तकोशीमा पनि देखियो डेङ्गु

अ+ अ-

सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमण देखिएको छ । सप्तकोशी नगरपालिका–२ की २६ वर्षीया अनिता राजधामीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रगत परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण देखिएको हो ।

निरन्तर आएको ज्वरो कम नभएपछि स्वास्थ्य केन्द्रमा जाँच गर्दा राजधामीमा डेङ्गुको सङ्क्रमण देखिएको कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले बताए । उनकी दिदी धरानमा बसोबास गर्ने भएकाले उतैबाट सङ्क्रमण आएको हुनसक्ने आशङ्का गरिएको छ ।

यसअघि असार ४ गते कञ्चनरूप नगरपालिका–६ जमुवाका २७ वर्षीय रमाकान्त चौधरीमा डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो । उनका दाजु ३२ वर्षीय देवकान्त चौधरी डेङ्गु रोगले सङ्क्रमित भई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेका बेला घर फर्किएका रमाकान्तको परीक्षण गर्दा रमाकान्तमा समेत सङ्क्रमण फेला परेको स्वास्थ्य शाखा प्रमुख गुप्ताले जानकारी दिए । दुवै दाजुभाइ धरानमा फलामको ग्रिल बनाउने मजदुर हुन् । रमाकान्तको असार ५ गतेदेखि कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

डेङ्गुको सङ्क्रमण फेला परेपछि कञ्चनरुप र सप्तकोशी दुवै नगरपालिकामा उच्च सतर्कता अपनाइएको छ । कञ्चनरुप नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले विभिन्न वडामा गई ज्वरो आएका ३१ बिरामीको रगत परीक्षण गरेको छ । डेङ्गु रोग फैलिन नदिन नगरपालिकाले जनचेतनामूलक कार्यक्रम शुरु गरेको जनाएको छ ।

स्थानीय एफएम रेडियोबाट सचेतनामूलक सन्देश प्रसारण, घर वरिपरि सरसफाइ, पानी जम्ने खाल्डाखुल्डी पुर्ने र पानी जमिरहने ठाउँमा मट्टितेल छर्केर लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान शुरु गरिएको कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्रले बताए । नगरपालिकाले डेङ्गु रोग, यसका लक्षण र बच्ने उपायका विषयमा जानकारी दिन स्वयंसेविका परिचालन गरेको छ ।

कञ्चनरुप नगरपालिकासँग डेङ्गु परीक्षण गर्ने किट सकिएको जानकारी दिनुहुँदै स्वास्थ्य शाखा संयोजक गुप्ताले इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँ टेकुमा किटको माग गरिएको जानकारी दिए।रासस

प्रतिक्रिया दिनुहोस