एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक


१२ असार २०७६, बिहिबार


परीक्षाफल

काठमाडौं । एसईई परीक्षाको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक बोलाइएको छ । बोर्ड बैठकको निर्णय गरी बिहीबार एसईई परीक्षा प्रकाशित हुने भएको छ ।

बैठकको निर्णय पछि लगत्तै परीक्षाको नतिजा सार्वजनिक हुनेछ ।

नतिजा अघिल्लो वर्षको तुलनामा यस पटक केही ढिला प्रकाशन हुन लागेको हो ।

कर्मचारी समायोजनका कारण जनशक्ति अभाव भएकाले नतिजा ढिला आउन लागेको बताइएको छ ।

अघिल्ला वर्षहरुमा जेठ मसान्त वा असार पहिलो साताभित्रै नतिजा सार्वजनिक हुने गर्दथ्यो ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो ।

संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए ।

तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

प्रतिक्रिया दिनुहोस