खेलकूद क्षेत्रलाई परिणाम मुखी बनाउँछौं : मन्त्री मगर « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

खेलकूद क्षेत्रलाई परिणाम मुखी बनाउँछौं : मन्त्री मगर


११ असार २०७६, बुधबार


कञ्चनपुर खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले खेलकूद क्षेत्रलाई परिणाममुखी बनाउन सरकार योजनाबद्धरुपमा अगाडि बढेको बताएकी छन् ।

कञ्चनपुरको भीमदत्तनगरमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको समापन समारोहमा आज उनले अन्तर्राष्ट्रिय जगत्मा पहिचान गराउने माध्यम खेलकूद भएकाले राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्नका लागि सरकार कटिवद्ध रहेको बताइन् ।

मन्त्री मगरले खेल बहुआयामिक क्षेत्र भएकाले यसलाई लक्ष्य प्राप्ति, आत्म–अनुसाशित र व्यवस्थित बनाइने बताइन् । खेलकूद मैदान निर्माण गर्ने र आवश्यक सामग्री उपलब्ध गराउन तीन वटै तहका सरकारमार्फत विभिन्न कार्यक्रम अगाडि बढेको उनको भनाइ थियो ।

यसैबीच, मझगाउँ विमानस्थल सङ्घर्ष समितिका पदाधिकारीले मन्त्री मगरलाई विमानस्थलको नक्सासहितको ज्ञापनपत्र बुझाएका छन् । सोही क्रममा बोल्दै खानेपानी मन्त्री मगरले बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि सक्दो पहल गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस