२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडकको घुम्तीमा सवारी चालकका लागि कन्भेक्स ऐना

अ+ अ-

विदुर । नुवाकोट जिल्ला ट्राफिक कार्यालयले सडक दुर्घटना न्यूनीकरण गर्न विदुर नगरपालिकाको विभिन्न घुम्तीमा ‘कन्भेक्स’ ऐना जडान गरेको छ ।

विदुर नगरपालिका आसपासका सडक घुम्ती जस्तैः त्रिशूली बजार, गङ्गटे, बान्दे्रलगायत ठाउँमा यस्ता ऐना राखिएको हो । उक्त ऐनाले घुम्ती पार गर्न लाग्दा दायाँ–बायाँबाट आउने अरू सवारी साधन तथा पैदल यात्रीहरुलाई सवारी चालकहरुले सजिलै देख्न सक्ने भएकाले दुर्घटना हुनबाट जोगिने उक्त कार्यालयका प्रहरी नायब निरीक्षक बिकल भट्टराईले जानकारी दिए ।

उनले भने, ‘कन्भेक्स ऐना राख्नुको मुख्य उद्देश्य घुम्ती बाटोमा विपरीत दिशाबाट आउने साना र ठूला सवारी साधनहरु एकले अर्कोलाई नदख्ने हुँदा सडक दुर्घटना हुने गरेकामा यस्तो ऐनाले विपरीत दिशाबाट आउने सवारी साधन प्रस्ट देखिने हुँदा दुर्घटनाको सम्भावना कम हुनसक्छ ।’

नगरप्रमुख सञ्जु पण्डितले सडक दुर्घटना न्यूनीकरण गर्न र सडकमा हुने सवारी साधनको चाप व्यवस्थित बनाउन ट्राफिक कार्यालयलाई सहयोग गर्दै आएकामा आगामी दिन पनि यस्ता क्रियाकलापमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रजिअ द्रोण पोखरलले सडक दुर्घटनामा आफू बच्न र अरूलाई बचाउन सवारीचालक स्वयं जागरूक हुनुपर्नेमा जोड दिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख कृष्णपल्ली मगरले साना ठूला सवारी साधनहरुलाई व्यवस्थित गर्न प्रहरीको मात्र होइन हामी सबैको समान दायित्व छ भने । जिल्लास्थित चेम्बर अफ कमर्सले तीनवटा ‘कन्भेक्स’ ऐना उपलब्ध गराएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस