कालिकोट । नरहरीनाथ गाउँपालिकाको कार्यालयमा आगजनी गरिएको छ । बन्दको अवज्ञा गरेका भन्दै विप्लव समूहका कार्यकर्ताले गाउँपालिकामा आगजनी गरेको बताइएको छ ।
विप्लव समूहका कार्यकर्ताहरुले नरहरीनाथ गाँउपालिकाको प्रमूख प्रशासकिय अधिकृतको कार्यकक्षको झ्याल फोडेर पेट्रोल खन्याइ आगो लगाएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
राति एक बजे लगाएको आगो स्थानीय र इलाका प्रहरी चौकी कुमालगाउँका प्रहरीले नियन्त्रणमा लिएका थिए । मप्रहरीले आगलागि बाट गाउँपालिकाको कार्यालय र कागजातमा क्षति पुगको बताएका छन् ।
आगजनी गर्नेको खोजि कार्य भइरहेको जिल्लाप्रहरी कार्यालयले जनाएको छ ।