विश्वकप क्रिकेट : सेमिफाइनलमा अष्ट्रेलिया, इंग्ल्यान्डलाई ६४ रनले पराजित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विश्वकप क्रिकेट : सेमिफाइनलमा अष्ट्रेलिया, इंग्ल्यान्डलाई ६४ रनले पराजित


११ असार २०७६, बुधबार


काठमाडौ । अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु टोली इंग्ल्यान्डलाई ६४ रनले पराजित गर्दै अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको हो ।

यससँगै अष्ट्रेलिया विश्वकपा क्रिकेटको समिफाइनलमा प्रवेश गर्ने पहिलो टिम बनेको छ ।

मंगलबार लर्डस क्रिकेट मैदानमा भएको खेलमा अष्ट्रेलियाले दिएको इंग्ल्यान्डलाई २८६ रनको लक्ष्य दिएको थियो । इंग्ल्यान्डले ४४ ओभर ४ बलमा पूरै विकेट गुमाउँदै २२१ रन मात्र बनाउन सक्यो । इङ्ल्यान्डका लागि ११५ बल खेलेका बेन स्टोक्सले ८ चौका र २ छक्काको सहयोगमा ८९ रन बनाए ।

त्यस्तै जोन्‍नी बेयरिस्टाले २७ रन जोड्दा क्रिस वक्स २६, जोस बटलर र आदील रशिदले समान २५–२५ रनको योगदान गरे । खेलमा इङ्ल्यान्डका ६ खेलाडी दोहोरो रन नजोड्दै आउट भएका थिए ।

बलिङतर्फ अष्ट्रेलियाका लागि जेसन बेरेनड्रफले सर्वाधिक चार विकेट लिए । १० ओभर बलिङ गर्ने क्रममा उनले ४४ रन खर्चेर पाँच विकेट हात पारेका हुन् । त्यस्तै मिचल स्टाकले चार विकेट लिँदा मार्कस स्टोइनिसले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८५ रन बनायो । अष्ट्रेलियाका लागि ओपनरमा आएका आरोन फिंचले शतकीय पारी खेलेका थिए । ११६ बल खेलेका उनले ११ चौका र २ छक्काको सहयोगमा १०० रन पूरा गरे । उनीसँगै ओपनरमा आएका डेभिड वार्नरले अर्धशतकीय पारी खेले । ६१ बल खेलेका उनले ६ चौकाको सहयोगमा ५३ रन बनाए ।

ओपनरमा आएका सलामी जोडी फिंच र वार्नरले १२३ रनको साझेदारी गरेका थिए । अष्ट्रेलियाका लागि स्टिभ स्मिथ र आलेक्स कैरीले समान ३८–३८ रन जोड्दा उश्मान ख्वाजा २२ र ग्लेन म्याक्स्वेलले १२ रनको योगदान गरे ।

बलिङतर्फ इङ्ल्यान्डका लागि क्रिस वक्सले दुई विकेट लिए । त्यस्तै बेन स्टोक्स, जोफ्रा आर्चर, क्रिस वक्स, मार्क वुड र मोईन अलिले समान एक–एक विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस