एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा


१० असार २०७६, मंगलबार


काठमाडौं । एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले नतिजा प्रकाशनको लागि आवश्यक तयारी जारी रहेको बताए । उनले भने, ‘१४ गतेभित्र निकाल्ने भन्ने छ । हामी तयारी गरिरहेका छौं ।

परीक्षाको नतिजा सम्बन्धि विवरणहरु हेर्न सकिने ब्यवस्थाका सूचना जारी गरिसकिएका परीक्षा नियन्त्रक अधिकारीको भनाइ छ।

परीक्षा नियन्त्रण कार्यालयले आज सार्वजानिक सूचना जारी गर्दै विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट परीक्षाको नजिता थाहा पाउन सकिने जनाएको छ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए ।

तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस