विप्लव समूहको बन्दका कारण उपत्यकासहित देशभरको जनजीवन प्रभावित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विप्लव समूहको बन्दका कारण उपत्यकासहित देशभरको जनजीवन प्रभावित


१० असार २०७६, मंगलबार


काठमाडौं । विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका कारण काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन प्रभाजित भएको छ ।

सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा प्रतिबन्धित नेकपाले मंगलबार आहृवान गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको हो ।

बिहानैदेखि उपत्यकाका सडकहरुमा सवारी साधनको चाप कम रहेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारी साधन पाि मंगलबार बिहानैदेखि ठप्प छन् । महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार, लामो दुरीका सवारीसाधन ाउपत्यकाबाट बाहिरिएका छैनन् ।

फाट्टफुट्ट निजी सवारी साधन चले पनि सार्वजनिक सवारी भने चलेका छैनन् ।

बन्दको प्रभाव सवारी साधनमा मात्र नभइ शैक्षिकसंस्था, उद्योग कलकारखानामा समेत परेको छ । उपत्यकाका विद्यालय तथा क्याम्पसहरु समेत बन्द भएका छन् ।

देशका अन्य भागमा पनि बन्दको प्रभाव परेको छ ।

विप्लव समूहले आफ्ना सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा आज एक दिन नेपाल बन्द आहृवान गरेको थियो ।

पौडेल गत असार ५ गते प्रहरीको गोलीबाट मारिएका थिए ।

प्रहरीले मुठभेडका क्रममा पौडेल मारिएको बताए पनि विप्लव समूहले नियन्त्रणमा लिएर गैरन्यायिक हत्या गरिएको भन्दै सरकारको आलोचना गरेको छ ।

प्रतिक्रिया दिनुहोस