नासु विरुद्ध दुई करोडको मुद्दा ! « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नासु विरुद्ध दुई करोडको मुद्दा !


९ असार २०७६, सोमबार


अख्तियार

काठमाडौँ । कन्चनपुर भन्सार कार्यालयका तत्कालीन नायव सुब्बा रामप्रसाद भट्टराईविरुद्ध अनियमित सम्पत्ति आर्जनमा मुद्धा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग लेभट्टराईविरुद्ध २ करोड आठ हजार पाँच सय ४० रुपैयाँ ८२ पैशा बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

उनले पारिश्रमिक बचत, पुरस्कार, प्रोत्साहन भत्ता, कमिसन आय, कृषि आय, घर बहाल, जग्गा, शेयर विक्री, भत्ता, कर्जाबाट १ करोड १४ लाख ९१ हजार एक सय ५१ आयआर्जन गरेको देखिएको थियो भने जग्गा खरिद, घर निर्माण, शेयर खरिद, कर्जा भुक्तानी, कर भुक्तानी, अध्ययन खर्च तथा विभिन्न बैकमा रहेका मौजातसमेत गरी ३ करोड १४ लाख ९९ हजार ६ सय ९१ रुपैया ८२ पैशा खर्च तथा लगानी गरेको देखिएको छ।

अख्तियारको अनुसन्धानमा २ करोड ८ लाख पाँच सय ४० रुपैयाँ बयासी पैशा रकम खर्च तथा लगानीको स्रोत नखुलेको पाइएको छ।

भट्टराईले राष्ट्रसेवकको रूपमा सार्वजनिक पदमा बहाल रहँदा स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरेको स–प्रमाण पुष्टि हुन आएको भन्दै उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवानाको मागदाबीसहित आयोगले मुद्धा दायर गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस