२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरेलु प्याड निर्माणले छुई प्रथा विस्थापित

अ+ अ-

खलङ्गा । जुम्लाको हिमा गाउँपालिका–४ कि ४० वर्षीया सिद्धा शाहीलाई महिनावारी (छुई) हुन थालेको २७ वर्ष बढी भयो । तेह्र वर्षदेखि महिनावारी शुरु भएकी उनी एक वर्षअघि हरेक महीना छुई हुँदा कम्तीमा पाँच दिन छाउगोठमै बस्दै आएका । २७ वर्षको ३२४ महीनामध्ये सरदरमा पाँच दिनले एक हजार ६२० दिन अर्थात् त्यसको झण्डै साढे चार वर्षको रात उनले छाउगोठमै सुतेर बिताए ।

छाउगोठमा सुत्दा विभिन्न कठिनाइ भोगेएकी उनले धेरै संघसंस्थाबाट जनचेतना/क्षमता अभिवृद्धिका अवसर पाएपछि अहिले छाउ मान्न पनि छोडेका छन् । सिद्धा शाहीसँग ठ्याकै समस्या मिल्ने अधिकांश महिलाहरुले गाउँमा घरेलु प्याड निर्माण अभियान विस्तार कार्यले छाउ मान्न छुटाएको दाबी गरेका छन् ।

वाटर÷एड नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाको आयोजनामा गाउँका महिलाले पटकपटक महिनावारी स्वच्छता व्यवस्थापनसम्बन्धी तालीम पाएपछि घरमै प्याड बनाउन पनि सिकेका छन् । हरेक महीना आमा समूहमा हुने औपचारिक छलफल र मेलापातमा दिदीबहिनीबीच हुने अनौपचारिक छलफलपछि छाउ प्रथा मान्ने महिलाको सङ्ख्या विस्तारै घट्दै गएको छ ।

‘छाउ हुँदा घरभित्र बसे देवीदेवताले सराप्ने, बोटबिरुवा छोए पाप लाग्ने वा सुक्ने र गाई भैँसीको दूध, दही खान नहुनेलगायतका अन्धविश्वासले मेरो स्वास्थ्य निकै कमजोर भयो, अहिले छाउ नमान्दा स्वास्थ्य अवस्था सुध्रिएको छ’, सिद्धा शाहीले भने । आफूले यसबारे राम्रोसँग बुझेकाले आफ्नी छोरीलाई पनि छाउ मान्न नदिएर महिनावारी हुँदा नियमित सरसफाइ गरी घरभित्रै बस्न लगाएको उनले बताए ।

यता हिमा–३ की २७ वर्षीया सेतु योगीको पनि उस्तै कथा छ । उनले भने, ‘जब समूह र घरमा स्वास्थ्य सवालका कुरा बढ्दै गए, हामीले घरमै सफा कपडाबाट प्याड बनाउन सिक्यौँ, त्यसले छाउ हुँदा प्याड प्रयोग गर्न मात्र होइन, छाउ मान्ने दिन घटाउँदै शून्यमा झर्‍यो ।’ घरमा उपलब्ध सफा कपडाको प्याड बनाएर प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

महिनावारीका बेला सुक्खा खानेकुरा खाने, प्याड प्रयोग नगर्ने, पातलो आछ्यानमा सुत्ने, चिसोले सताउने जस्ता कारणले धेरै रगत बगेर कैयौँ महिलाको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ भने कतिपयले छाउप्रथाकै कारण अकालमा ज्यान पनि गुमाउनुपरेको छ ।

परम्परागत रुढीवादी छाउ संस्कार हटाउन स्वयं छाउ मान्ने व्यक्ति र महिनावारी हुने महिला परिवर्तन हुन जरुरी रहेको गाउँपालिका स्वास्थ्य संयोजक क्षेत्र महतले बताए । सबैले महिनावारी हुँदा छाउगोठमा नगएर नियमित सरसफाइ गरी घरभित्र बस्नुपर्ने उनको भनाइ छ ।

गाउँपालिकाका उपप्रमुख हिमाली रोकायाले गाउँपालिकालाई छाउपडीमुक्त पालिका बनाउन लागिपरेको बताए । ‘महिनावारी हुने महिलालाई लक्षित गरी आगामी आर्थिक वर्ष छाउप्रथाविरुद्ध जागरण अभियान सञ्चालन गर्नेछौँ, गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा अनिवार्य १० प्रतिशत बजेट विनियोजन गर्नेछ, यसबाट स्वास्थ्य, सरसफाइ सुधारसँगै छाउप्रथा न्यूनीकरण हुने छ’, उनले भने ।

महिला विस्तारै परिवर्तन हुँदै गएको उल्लेख गर्दै रोकायाले कूरीति अन्त्य गर्न अब धेरै समय पर्खिने दिन नभएको, यसमा सबैले साथ दिनुपर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस