१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विविध सेवाका कर्मचारीलाई पायक पर्ने ठाउँमा पठाउने निर्णय

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विविध सेवाका प्रमुख महिला विकास अधिकृत, महिला विकास अधिकृत, महिला विकास निरीक्षक र सहायक महिला विकास निरीक्षक पदका कर्मचारीहरूलाई पायक पर्ने प्रदेश र स्थानीय तहमा समायोजन गर्ने निर्णय भएको छ ।

गत जेठ २८ गतेको सामान्य प्रशासन मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरूको व्यक्तिगत, पारिवारिक तथा सामाजिक दायित्वसमेतलाई मध्यनगर गरी सकारात्मक विभेदको नीति अनुसार सकेसम्म पायक पर्ने प्रदेश र स्थानीय तहमा खटाउने गरी समायोजन संशोधन गरिएको हो ।

सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाइएको पत्रमा भनिएको छ कर्मचारी समायोजन ऐन, २०७५ को दफा १७ बमोजिम निर्देशन तथा समन्वय समिति र गुनासो व्यवस्थापन समितिको निर्णय तथा सिफारिससमेतका आधारमा भएको संशोधन (पदसमेत) बमोजिम समायोजन भएका कर्मचारीहरूलाई तोकिएकै पदमा हाजिर गराई तहाँबाट आवश्यकताअनुसार कामकाजमा लगाउने व्यवस्थाका लागि निर्णयानुशार अनुरोध छ ।

बुँदा एकमा खटाइएका कर्मचारीहरूको पद नमिल्ने भएमा कर्मचारी समायोजन ऐन, २०७५ को दफा ३ को उपदफा १० बमोजिम दरबन्दी पुनरावलोकन गरी दरबन्दी मिलान गर्ने, दरबन्दी मिलान गर्ने भनिएको छ । त्यसै गरी बुँदा दुईमा दरबन्दी पुनरावलोकन गर्दा सम्बन्धित स्थानीय तहमा रिक्त रहेको प्रशासन सेवा/सामान्य प्रशासन समूह र विविध सेवाको दरबन्दी कट्टा गरी समायोजन भएको कर्मचारीको सेवा, समूह, पद र तह कायम गर्ने गरी मिलान गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

यसरी समायोजन भएका कर्मचारीको शैक्षिक योग्यता र अनुभव समेतका आधारमा सम्बन्धित स्थानीय तहको सेवा प्रवाहका लागि आवश्यक जिम्मेवारी दिई जुनसुकै कामकाजमा खटाउने गरी व्यवस्था मिलाउने कुरा बुँदा ३ मा उल्लेख गरिएको छ भने बुँदा ४ मा समायोजन भएका कर्मचारीहरूले आफ्नो योग्यता र अनुभवलाई सम्बन्धित स्थानीय तहले सेवा प्रवाहका लागि दिएको जिम्मेवारी इमान्दारीतापूर्व सम्पन्न गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस