२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक कृषकले राखे ११४ जातको धानको बीउ

अ+ अ-

रत्ननगर। प्राङ्गारिक खेती प्रणालीबाट कृषि पेशा गरिरहेका चितवनका चन्द्रप्रसाद अधिकारीले यस वर्ष ११४ जातको धानको बीउ राखेका छन् । अघिल्लो वर्ष ११२ जातको धानको बीउ राखेका उनले यस वर्ष थप दुई नयाँ जातको बीउ राखेका हुन् ।

चितवनको भरतपुर महानगरपालिका–१५ श्रीपुरका अधिकारीले करीब दुई बिघा क्षेत्रफलमा यो बीउलाई रोप्ने तयारी गरेका छन् । विसं २०६४ मा सात जातको धानको बीउबाट जात बढाउने अभियानमा लागेका उनले अहिले ११४ जातको पुर्‍याएका छन् ।

करीब दुई कठ्ठामा एक पाथीका दरले छुट्टाछुटै ड्याङ बनाएर उनले गत जेठ २७ मा बीउ राखेका हुन् । यो धानको बीउ असार १५ गतेदेखि रोप्ने तयारीमा जुटेका छन् । धान दिवसको दिन कार्यक्रम गरेर उनले दुई बिघामा ती धान रोप्ने गर्छन् ।

नेपालका विभिन्न जिल्ला, भारत, बङ्गलादेश र अमेरिकाबाट धानको बीउ सङ्कलन गरेर ल्याएको उनले जानकारी दिए । ‘अमेरिका र दक्षिण कोरियाबाट पनि धानको बीउ ल्याएँ’, उनले भने, ‘ती धानका बीउ उमार्न सकिएन । नेपालका उच्च भेगमा पाइने धानको बीउ पनि यहाँ उम्रिएन ।’

मार्सी, जुम्ले मार्सी र मार्सी चङ्गोलजस्ता पहाडमा पाइने धान भने उनले वर्षेनी रोप्दै आइरहेका छन् । रैथाने एवं उन्नत जातका स्थानीय धानलाई संरक्षण गर्न वर्षेनी यो काम गर्दै आइएको उनको भनाइ छ । जीवित बीउ बैंकका रुपमा विकास गर्ने चाहना भएको उनी बताउछन् ।

मनसारा, आछामे मसिनो, आँपझुत्ते, सत्तरी, जेठो बूढोलगायतका धान लोप हुने अवस्थामा पुगेको भन्दै उनले यसको संरक्षणमा सबै जुट्नुपर्ने बताए । उनका अनुसार नेपालमा २०० भन्दा बढी धानको जात पाइने र त्यसमध्ये ६० रैथाने र अन्य उन्नत तर अहिले स्थानीय भइसकेका धानको बीउलाई संरक्षण गरेका छन् ।

उनले धानको बीउ संरक्षण गर्न निफन्ने, सुकाउने र मुसाले नखाने गरी गोदाममा भण्डारण गर्दै आइरहेका छन् । उनका अनुसार रैथाने जातका अन्य बालीको संरक्षणमा वार्षिक एक लाखभन्दा बढी खर्च हुने गरेको छ ।

अधिकारीले नेपालीहरुमा उन्नत जातको नाममा परनिर्भता बढेको भन्दै चिन्ता व्यक्त गरे । ‘उन्नत जातको धान लगाउने चलन व्यापक छ’, उनले भने, ‘अरुले बीउ दिए उत्पादन गर्न सक्छौँ । नत्र हामीसँग बीउकै कारण कुनै वर्ष भोकै बस्नुपर्ने अवस्था आउन सक्छ ।’

अधिकारीले रैथाने जातका धनलाई संरक्षण एवं प्रवर्द्धन गर्न नेपाल सरकार लाग्नुपर्नेमा जोड दिए । उन्नत जातका बिउ खरीदका लागि वर्षेनी ठूलो रकम बिदेसिने गरेको छ । उन्नत जातका धान केही वर्ष राम्रै उत्पादन भए पनि स्थानीय जातको धानमा पाइने पौष्टिक तत्व त्यसमा नपाइने उनको भनाइ छ ।रासस

प्रतिक्रिया दिनुहोस