२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निकुञ्जको सर्च अभियान सम्पन्न, पासो बरामद

अ+ अ-

रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले आफ्नो कार्यक्षेत्रअन्तर्गतका वन जङ्गलको सर्च अभियान सम्पन्न गरेको छ ।

महाहन्ट अप्रेशनअन्तर्गत गत फागुनदेखि हालसम्म भएका प्रगतिबारेमा जानकारी दिँदै लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले विशेष अभियानमा रसुवादेखि सिन्धुपाल्चोकसम्मका भू–भागको अनुगमन गर्दा जनावर मार्नका लागि तस्करबाट राखिएका २२ थान तारको पासो बरामद गरिएको बताए ।

निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालिजङ्ग गणका अधिकृत तथा जवान र कार्यालयका कर्मचारीसमेतको संयुक्त गस्तीले गत फागुनदेखि आफ्नो कार्यक्षेत्रका जङ्गल इलाकाको सर्च अभियानकोे क्रममा भेटिएका जनावरमध्ये दुई घाइते जनावरलाई उद्वार र मरेका चार जनावरलाई व्यवस्थापन गरिएको समेत प्रमुख संरक्षण अधिकृत रानाले जानकारी दिए।

सडक सञ्जाल जोडिएका क्षेत्रमा विसं २०७२ को भूकम्पपछि खाना पकाउने प्रयोजनका लागि अधिकांश निकुञ्जवासी ग्यास प्रयोग गर्न थालेका र दाउरा प्रयोग गर्नेले पनि खेतबारीका आफ्ना स्वामित्व क्षेत्रको खाली जमीनमा बोटविरूवा लगाउने बानीको विकास बढेका कारण वन पैदावारको व्ययभार घट्दै गएको बताइएको छ ।

हिमाली क्षेत्रको भ्रमण गर्न आउने पर्यटकले अनुमति बेगर ल्याएका १२ ड्रोन क्यामरामा छायाङ्कन गरिएका श्रव्यदृश्यको मेमोरी बरामद गरिएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । आफ्नो कार्यालय र सुरक्षाका लागि खटिएका नेपाली सेना कालिजङ्ग गणले गरेका संरक्षणका कार्य प्रगति आम नागरिकलाई सुसूचित गर्ने उदेश्यले पत्रकारमाझ जानकारी गराउने कामसमेत सम्पन्न भएको निकुञ्ज प्रशासनले जनाएको छ ।

रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाअन्तर्गत हिमाली भेगको एक हजार ७१० वर्ग किलोमिटर भू–भागमा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको सुरक्षार्थ ठाउँठाउँमा स्थापना गरिएको सुरक्षा पोस्टले गौडागौडा र नियमित गस्तीबाट अनुगमन गरिरहेको बताइएको छ । रसुवा धुञ्चेमा रहेको हेडक्र्वाटरले तीनै जिल्लाको आफ्नो आधार इलाका क्षेत्रमा रेखदेख गरी आवश्यक्ताअनुसार गाउँठाउँमा रहेका चौकीबाट यथेष्ट सुरक्षाबल व्यवस्थापन गरिएको बताउँदै निकुञ्ज प्राविधिक रमेश बस्नेतले वन वनस्पति एवं वन्यजन्तुका साथै जैविक विविधता हाम्रो हो, संरक्षण गर्नुपर्छ भन्ने भावनाको विकास गर्न सम्पूर्ण निकुञ्जवासीमा आग्रह गरिएको बताए । रासस

प्रतिक्रिया दिनुहोस