बेइजिङको नयाँ विमानस्थलले छ लाख रोजगारी सिर्जना गर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बेइजिङको नयाँ विमानस्थलले छ लाख रोजगारी सिर्जना गर्ने


७ असार २०७६, शनिबार


तियानजिन । बेइजिङको दासिङ अन्तर्राष्ट्रिय विमानस्थलले झण्डै छ लाख रोजगारी सिर्जना गर्ने जनाएको छ ।

विमानस्थलको तर्फबाट शुक्रबार दिइएको जानकारी अनुसार भविष्यमा यति धेरै रोजगारी सिर्जना गरिने भएको हो ।

चीनको नागरिक उड्डयन प्रशासन कार्यालयका झङ रुईले सन् २०२५ सम्ममा सात करोड २० लाख यात्रु आउने बताए ।

अहिले निर्माणाधिन अवस्थामै रहेको बेइजिङ दासिङ अन्तर्राष्ट्रिय विमानस्थल आउँदो सेप्टेम्बारदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यधिक चाप भएपछि त्यसको बैकल्पिक व्यवस्था स्वरुप यो विमानस्थल निर्माण गरिएको हो ।

सन् २०१८ को तथ्याङ्क अनुसार झण्डै दश करोड यात्रुले यो विमानस्थल प्रयोग गरेका थिए । रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस