दुई बस एकापसमा ठोक्किँदा २० घाइते « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दुई बस एकापसमा ठोक्किँदा २० घाइते


७ असार २०७६, शनिबार


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा आज दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट बर्दियाको गुलरियातर्फ जाँदै गरेको ना७ख ९०७ नं को बस र महोत्तरीबाट काठमाडौतर्फ आउंदै गरेको ना५ख ३०९९ नं को बस आपसमा ठोक्किएका हुन् ।

घाइतेमध्ये चार जनाको भरतपुर अस्पतालमा तथा अन्यको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस