२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ सोचका साथ बजेट आएको छ : मन्त्री गुरुङ

अ+ अ-

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७६/७७ को बजेट नयाँ सोचका साथ आएको बताएका छन् ।

गण्डकी प्रदेशसभाको आजको बैठकमा आव २०७६/०७७ को राजस्व र व्ययको वार्षिक अनुमान(बजेट) माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले प्रदेशको समृद्धि र विकासको लक्ष्यलाई पूरा गर्ने गरी बजेट ल्याइएको बताए ।

बजेटले आन्तरिक राजस्व सङ्कलनका क्षेत्र पहिचान गर्दै उद्यम गर्छु भन्नेलाई उद्यमशीलताको वातावरण तयार गरेको मन्त्री गुरुङले बताए । सरकारले करको शुल्कमा वृद्धि नभई अधिकतमलाई करको दायरामा ल्याउने उनले स्पष्ट पारे ।

पर्यटन शुल्कको व्यवस्थाका साथै पर्यटन प्रवर्द्धन एवं विकासका लागि कर्मचारीलाई लक्षित गरी बिदा पर्यटनको अवधारणा अघि सारिएको उनले बताए । औद्योगिक विकासलाई लक्षित गरी कास्कीको पुडिटारका साथै नवलपरासीको लौकाहामा प्रदेशस्तरको औद्योगिक क्षेत्र निर्माण गरिने मन्त्री गुरुङले बताए ।

पूर्वाधार विकासलाई आवश्यकताका आधारमा अघि बढाइनेमा जोड दिँदै उनले प्रदेशमा आवश्यक प्रशासकीय भवन, सचिवालय आदिको निर्माण गर्न लागिएको उल्लेख गरे।

फेवातालको संरक्षण सम्बन्धमा उद्योग पर्यटन, वन तथा वातावरणमन्त्रीको संयोजकत्वमा बनेको समितिले काम अघि बढाउने बताउँदै मन्त्री गुरुङले सरकारले यसको संरक्षण र विकासलाई प्राथमिकतामा राखेको बताए ।

खानीजन्य विषयका लागि बजेट छुट्याएको जानकारी दिँदै उनले चालू विकास आयोजनालाई सम्पन्न गर्ने एवं नयाँ विकास आयोजनालाई अघि बढाइने बताए ।

सत्तापक्ष एवं प्रतिपक्षका प्रदेशसभा सदस्यबाट प्राप्त सुझावलाई आत्मसात् गर्दै अघि बढिने मन्त्री गुरुङको भनाइ थियो । बैठकमा मन्त्री गुरुङले सरकारको विनियोजन विधेयक २०७६ सभासमक्ष प्रस्तुत गरे । अर्को बैठक शुक्रबार दिनको १ बजे बस्नेछ ।रासस

प्रतिक्रिया दिनुहोस