जनकपुरमा आगलागी, ८ सिलिण्डर विष्फोट « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

जनकपुरमा आगलागी, ८ सिलिण्डर विष्फोट


५ असार २०७६, बिहिबार


काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२, कदम चोकमा रहेको गोविन्द मिष्ठान्न भण्डारबाट सुरु भएको आगलागी अन्य दुई पसलमा पनि फैलिएको छ ।

राति करिब २ः४० मा आगलागी भएपछि पसलमा राखिएका ८ वटा सिलिण्डर विष्फोट हुँदा ३ वटा होटल जलेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार प्रारम्भिक अनुसन्धानले फ्रिजको तार सर्ट भएर आगलागी सुरु भएको हुनसक्ने देखिएको छ ।

उपमहानगरपालिकाका दुई वटा र महेन्द्रनगरको एउटा दमकलको सहयोगमा बिहीबार बिहान करिब ५ बजे आगो नियन्त्रणमा आएको बताइएको छ ।

क्षतिको पूर्ण विवरण आएको छैन । आगलागीको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस