२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिलिचो ताल जोड्ने सडक निर्माण शुरु

अ+ अ-

ठिनी । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी गाउँदेखि संसारको सबैभन्दा उच्चस्थानमा रहेको तिलिचो ताल जोड्ने सडक निर्माण शुरु भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले ठिनीदेखि तिलिचो ताल नजिकै पर्ने नमखुलेकसम्म सडक पुर्‍याउन ट्र्याक खोल्ने काम शुरु गरेको हो । यसअघि ठिनीदेखि ताङदुङसम्म साढे दुई किलोमिटर सडक निर्माण भइसकेको थियो ।

यसअघि निर्माण भएको सडकलाई स्तरोन्नति र नयाँ ट्र्याक निर्माण शुरु गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख डिभिजनल इञ्जिनीयर ओमराज ढुङ्गानाले बताए । उनका अनुसार यस वर्ष तीन किलोमिटर सडकको ट्र्याक खोल्ने लक्ष्य रहेकामा साढे एक किलोमिटरको ट्र्याक खोलेर भोटोभाङ भन्ने ठाउँसम्म सडक पुगेको हो ।

५० लाख विनियोजित यो योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको छ । आगामी वर्ष पनि थप बजेट विनियोजन गरेर तिलिचो तालको आधार शिविरको रूपमा चिनिने नमखुलेकसम्म सडक पुर्‍याउने प्रदेश सांसद चन्द्रमोहन गौचनले बताए । ठिनीदेखि नमखुलेक पुग्न अहिले चार घण्टा हिँड्नुपर्छ । सडक पुगेपछि यात्राअवधि एक देखि डेढ घण्टामा छोटिने छ । नमखुलेकदेखि तिलिचो ताल पुग्न तीन घण्टा र तालबाट नमखुलेक फर्कन दुई घण्टा लाग्छ । अहिले ठिनीदेखि दुई दिन पैदल हिँडेर तिलिचो ताल पुग्न सकिन्छ ।

सडक र यातायात सुविधा भएपछि एकै दिनमा आवतजावत गर्न सक्नेछन् । आवतजावत सहज हुने र पर्यटक आगमन बढ्ने वडाध्यक्ष वीरेन्द्र थकालीले बताए । मुस्ताङ हुँदै तिलिचो ताल जोड्ने सडक छोटो दूरीको हुने जनाइएको छ । मनाङको नेस्याङ गाउँपालिकामा पर्ने तिलिचो ताल समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा छ । मुक्तिनाथ, तिलिचो, नीलगिरिलगायत हिमालको फेदीमा रहेको तिलिचो ताल पछिल्लो समय पर्यटकको रोजाइमा पर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस