२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकतन्त्र बदनाम हुने कसैले गर्नु हुदैन : प्रम ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई बदनाम हुने काम कसैले गर्न नहुने बताएका छन् ।

राष्ट्रिय विकास समस्या समाधान समितिको ४५ औं बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले लोकतन्त्रको थिती बसाएर जनतामा लोकतन्त्रप्रतिको सम्मान जगाउनु पर्ने बताएका छन् । ‘हामीले जनताका अधिकारको रक्षा गरेर लोकतन्त्रलाई सुदृढ बनाउनु पर्दछ ‘ प्रधानमन्त्री ओलीले भने ‘निस्पक्षता,स्वच्छता र पारदर्शीतालाई हाम्रो मुख्य लक्ष्य बनाउनु पर्दछ ।’

प्रधानमन्त्री ओलीले सरकारलाई विभिन्न ठाउँबाट असहयोग भइरहेको बताएका छन् । “सरकारलाई असहयोग गर्ने,सरकार बेठिक रहेछ भन्ने बनाउने र जनताका निराशा छर्ने काम भइरहेको छ ‘प्रधानमन्त्री ओलीले भने “राजनीतिक क्षेत्रमा त यस्तो हुन्छ तर सरकारी निकायबाट पनि यस्तो काम भएको जानकारी छ । ती कुराहरुमा सजग हुनु जरुरी छ ।’

प्रधानमन्त्री ओलीले कसैले गल्ती ग¥यो भन्ने ठाउँ दिन नहुने बताएका छन् । ‘सबै मन्त्रालयलहरुले आफ्नो मातहतको कामको निरन्तर अनुगमन गर्ने,प्रगति विवरण लिने र कार्ययोजना अनुसारको काम भएको नभएको तर्फ चनाखो हुन निर्देशन गर्दछु ‘ प्रधानमन्त्री ओलीले भने ‘कार्ययोजना अनुसार काम नभए त्यसको सत्यतथ्य पत्ता लगाएर आवश्यक कदम चाल्नु पर्दछ ।’

प्रधानमन्त्री ओलीले संघीय व्यवस्था अनुसार शासन व्यवस्था सञ्चालन हुन सबै सरकारलाई बानी परीसकेकोले अब जनतालाई कामको परिणाम दिनु पर्ने बताएका छन् । ‘ संघीय व्यवस्था अनुसार स्थानीय सरकार बनेको दुईबर्ष भयो ,प्रदेश र संघीय सरकार बनेको पनि डेढ बर्ष भयो ‘ प्रधानमन्त्री ओलीले भने  ‘नयाँ व्यवस्था अनुसार हामीले हाम्रा कानुनहरु निर्माण गरिसक्यौं ।

त्यसैले अब हामीले जनतालाई छिटो छरितो सेवा र विकासका काम गर्नु पर्दछ । ‘ नेपालमा अहिले विकासका लागि अनुकुल अवस्था सृजना भएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘हामीले लोकतान्त्रिक गणतन्त्र स्थापना ग¥यौं द्वन्द्वलाई शान्तीमा रुपान्तरण ग¥यौं’ प्रधानमन्त्री ओलीले भने ‘हामीले सबै खाले प्रतिकुलतालाई परास्त गरेर सहज परिस्थिती बनाएका छौं । त्यसैले अब समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न सबै एकजुट भएर लाग्नु पर्दछ ।’

प्रतिक्रिया दिनुहोस