वडा कार्यालयमा चोरी गर्ने एक पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वडा कार्यालयमा चोरी गर्ने एक पक्राउ


४ असार २०७६, बुधबार


pakrau

सप्तरी । राजविराज नगरपालिका–५ को कार्यालयबाट चोरी भएको सामानसहित एक जना पक्राउ परेका छन् । सप्तरीको विष्णपुर गाउँपालिका–६ बस्ने २७ वर्षीय बेचन रामलाई चोरीको समानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

राजविराज–५ कार्यालयबाट गत शुक्रबार राति ल्यापटप, सिपियु, किबोर्ड, प्रिन्टरलगायतको सामान चोरी भएको थियो । चोरीका समानसहित रामलाई छिन्नमस्ता गाउँपालिका–३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस