लोक सेवा विवादको सुनुवाई बुधबार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लोक सेवा विवादको सुनुवाई बुधबार


प्रशासन संवाददाता

३ असार २०७६, मंगलबार


मर्यादाक्रम सच्याऊ: लोक सेवा आयोग

काठमाडौं  ।  सर्वोच्च अदालतले लोक सेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादसम्बन्धी सबै निवेदनलाई एकै साथ राखेर हेर्न आदेश जारी गरेको छ ।

      न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज लोकसेवा आयोगको सो विज्ञापनसम्बन्धी परेका चारवटै निवेदनलाई सँगै राखेर हेर्न आदेश जारी गरेको हो । ती सबै निवेदनको सुनुवाई बुधबारका लागि तय गरिएको छ ।

      आयोगले स्थानीय तहका विभिन्न पदका लागि गरेको विज्ञापनको विवादमा परेका चारवटै मुद्दामा सुनुवाई भइसकेको छ । ती सबैलाई एकै ठाउँमा राखेर सुनुवाई गर्ने तय भएको हो ।

आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहका लागि भन्दै नौ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो । जुन विज्ञापन समावेशी सिद्धान्तविपरित भएको रिट निवेदनमा उल्लेख थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस