२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदमा कांग्रेसले देखाएको व्यवहार अमर्यादित : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आज आफूलाई बोल्न रोकेर प्रमुख विपक्षी कांग्रेसले अमर्यादित चरित्र देखाएको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा आज पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले संघीयताविरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दीप्रति खेद व्यक्त गरेका छन् । ‘संसदमा आज कांग्रेसले अमर्यादित कृयाकलाप देखाएको छ । यसले संकेत गर्न खोजेको विषय गम्भीर हो’ प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्र, गणतन्त्र र संघीयताका विरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी भएको छ । यसमा घोर दक्षिणपन्थीदेखि अति वामपन्थीहरुसम्म एकजुट भएका छन् ।’

लोकतान्त्रिक शक्तिले आफूबाहेक अरु पनि सत्तामा आए भने स्वीकार्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यत्रो बलिदानबाट प्राप्त गरेको उपलब्धीको रक्षा गर्नु सबैको दायित्व भएको बताए । जनपक्षीय शक्तिहरुलाई देखिनसहने कारणले १७ साल आएको प्रधानमन्त्रीले स्मरण गराए ।

प्रधानमन्त्रीले राष्ट्रिय अखण्डता र राष्ट्रिय हितप्रति सरकार अत्यन्तै सजग भएको बताऐ । ‘वर्तमान सरकार अरुले ल्याइदिएको लोकतन्त्र स्वकारेर आएको होइन । लोकतन्त्रका लागि अग्रभागमा संघर्ष गरेर आएको हो’ उनले भने, ‘अहिले जुन पार्टी सरकारमा छ । यो अचानक नारा लिएर सरकारमा पुगेको होइन ।’

सरकार शान्ति, स्थायित्व र समृद्धिका लागि क्रियाशील रहेको बताउँदै जो आत्तिए पनि सरकारको समृद्धिको यात्रा नरोकिने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले गुठी संस्थानलाई पुनगर्ठन र व्यवस्थित गर्न खोज्दा उल्टो भ्रमणपूर्ण कुरा प्रचारमा लगेर एक साता बाहिर हुँदा देशभित्र तनाव बढाउने काम भएको बताए । ‘अहिले ल्याउन खोजेको विधेयक गुठी संरक्षण गर्नका लागि हो । तिनीहरु हिनामिना नभई सञ्चालन हुन् भन्नका लागि हो । तर यसविरुद्धको आन्दोलनमा कस्ता कस्ता मान्छे छन् भन्ने कुरा म सम्झिरहेको छु,’ उनले भने,’यहाँ त एउटा हरियो स्याउलो भित्र हजार वटा हरेउ देखा परे । यिनीहरु लोकतन्त्रको जरा काट्न हजार वटा कैंची लिएर बसेका छन् ।’

भूमि व्यवस्था तथा सहकारी मन्त्रीले गुठी विधेयक फिर्ता लिएर बुद्धिमत्तापूर्ण निर्णय गरेको भन्दै प्रधानमन्त्रीले भने ‘यसको म दृढ समर्थन गर्दछु ।’ सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री ओलीले सञ्चार जगतलाई पनि मर्यादित र जिम्मेवार हुन आग्रह गरे । ‘सञ्चार जगत लोकतन्त्रको खम्बा हो, तर आज हामी सञ्चारको क्षेत्रमा संक्रमणकालीन अवस्थामा छौं, हाम्रो सामाजिक मूल्य मान्यता हराइसक्यो’ प्रधानमन्त्रीले भने ‘हरेक भाषाको आ आफ्नो मर्म हुन्छ । तर, हाम्रा सञ्चार माध्यममा मर्म हराउँदै आएको छ । नेपाली सञ्चार माध्यमले बाबुलाई पनि तिमी, आमालाई पनि तिमी भन्न सिकाएका छन् । यहाँबाट आदरार्थी शब्द हराइसक्यो ।’

प्रतिक्रिया दिनुहोस