भैरहवा विमानस्थलबाट पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय नागरिक पक्राउ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

भैरहवा विमानस्थलबाट पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय नागरिक पक्राउ


प्रशासन संवाददाता

३ असार २०७६, मंगलबार


रूपन्देही । प्रहरीले भैरहवा विमानस्थलबाट एउटा पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लखनउका ५० वर्षीया उमेश शुक्ला छन् । प्रहरीका अनुसार उनी बिहीबार दिउँसो १ बजेको बुद्ध एयरको विमानमार्फत भैरवहा विमानस्थल हुँदै पोखरा उड्न लागेका थिए ।

तर, एक्सरेमा शंकास्पद दृश्य देखिएपछि खनतलासीका क्रममा पेस्तोल भेटिएको थियो ।

उनले त्यो हतियार लाइसेन्स प्राप्त भएको दाबी गरेका छन् । तर, प्रहरीसमक्ष लाइसेन्स देखाउन सकेका छैनन् । थप अनुसन्धान भइरहेको डीएसपी धर्मराज भण्डारीले बताए । शुक्लामाथि थप अनुसार जारी रहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस