भूकम्पका कारण चीनमा एघारको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भूकम्पका कारण चीनमा एघारको मृत्यु


३ असार २०७६, मंगलबार


चीन । चीनमा सोमबार राती आएको भूकम्पका कारण कम्तीमा एघार जनाको मृत्यु भएको छ ।

देशको सिन्चुआन प्रान्तमा भएको सो घटनामा परी अरु १ सय २२ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् ।

चिनियाँ भूकम्प सञ्जाल केन्द्र (सिइएनसी) का अनुसार ६ रेक्टर स्केलको भूकम्प गएको हो । स्थानीय समयानुसार १०.५५ बजे राती भूकम्प गएको थियो ।

अधिकारीहरुले खोजी तथा उद्धार कार्य चलिरहेको जनाएका छन् । आपत्कालिन व्यवस्थापन मन्त्रालयले घटनास्थलमा आपत्कालिन उद्धार टोली र राहत सामग्रीहरु पठाइएको जनाएको छ ।

भूकम्पकै कारण सिन्चुआन प्रान्तका सडकहरु अवरुद्ध भएका छन् भने जनजीवन पनि प्रभावित भएको छ ।रासस/एएनआई

Tags :
प्रतिक्रिया दिनुहोस