जेभियर्स कलेजका विद्यार्थी मृत भेटिए « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जेभियर्स कलेजका विद्यार्थी मृत भेटिए


३ असार २०७६, मंगलबार


काठमाडौं । बौद्धको जेभियर्स इन्टरनेश्नल कलेजका एक जना विद्यार्थी मृत भेटिएका छन् ।

शैक्षिक भ्रमणका क्रममा कुलेखानी गएका वेला ३० जेठदेखि बेपत्ता तेह्रथुमका २४ वर्षीय स्वराम भेटवालको शव भेटिएको हो ।

तीन दिनपछि मार्फू नजिकै खोलामा डुबेको अवस्थामा उनको शव भेटिएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले बताएको छ ।

कलेजमा ‘ब्याचलर इन सोसियल वर्क’ पढ्ने भेटवालसहित ६१ जनाको समूह शैक्षिक भ्रमणमा निस्किएको र फर्किने क्रममा केही विद्यार्थी मार्फूमा झरेका प्रहरीले बताएको छ ।

मृतकका आफन्तले कलेज प्रशासनको लापरबाही भएको भन्दै सत्य, तथ्य छानविनको माग गरेका छन् ।

अहिले दुवै पक्षको छलफलपछि भेटवालको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोष्टमार्टम भएको छ ।

प्रतिक्रिया दिनुहोस