११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनपरी काटिएका सडकले पहिरोको जोखिम

अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशको डोटीलगायत यहाँका अन्य पहाडी जिल्लामा मनपरी सडक काटिँदा पहिरोको जोखिम बढेको छ । गाउँगाउँमा सडक पु¥याउने होडबाजीले सम्भाव्यता अध्ययन तथा सर्वेक्षणविनै खनिएका सडकले यहाँका पहाडी जिल्लामा पहिरोको जोखिम निम्त्याउन थालेको स्थानीयवासीको आरोप छ ।

यस्ता सडकका आसपासका बस्तीमा पहिरोको जोखिम बढेको स्थानीयवासी बताउँछन् । लाखौँ रकम खर्चेर निर्माण गरिएका ग्रामीण सडक वर्षात्को समय पानीले चिराचिरा हुनुका साथै आसपासका बस्तीसमेत विस्थापनको खतरमा परेको डाक्टर केआईसिंह गाउँपालिका–५ केदारगाउँका स्थानीय तथा सवओभरसियर सुरेन्द्रविक्रम शाहीले बताए। “जथाभावी डोजर प्रयोग गरेर विनाअध्ययन र मापदण्डमा सडक खनिएका छन्, सडक खन्दा डोजरले जमीन नै हल्लाएको छ” उनले भने, “सानो पानी पर्दासमेत पहिरो आउने तथा सडक बगाएर चिरचिरा हुने गरेको छ ।”

स्थानीयवासीका अनुसार डोटीलगायत यहाँका पहाडी जिल्लामा निर्माण भएका दजनौँ ग्रामीण सडक डोजर सञ्चालकको डिजाइन र नक्साङ्कनले निर्माण हुन थालेका छन् । सडक निर्माणमा चलेको होडबाजीले यहाँका गाउँगाउँमा गाडी सुविधा पुगे पनि थुप्रै ठाउँमा पहिरोको जोखिम बढेको नेकपाका नेता यज्ञराज जोशीले बताए । “सडक खन्ने होडबाजीले गाउँमा यातायातको सुविधा त पुग्यो, तर सुविधासँगै काल र जोखिम पनि बढाएको छ”, उनले भउ, “सडक निर्माण गर्दा मापदण्ड अपनाउनै पर्छ, विनामापदण्डका सडक खारेज हुनुपर्छ ।” विगतमा जिल्ला विकास समिति तथा गाउँ विकास समितिको बजेटले डोटीमा निर्माण गरिएका सडकको सर्वेक्षण जिल्ला विकासका प्राविधिकले आफूबाहेक अन्य कार्यालयका प्राविधिकलाई निरीक्षण तथा सर्भे गर्न नदिँदा समस्या भएको स्थानीयवासी दीपक रोकायाको आरोप छ ।

उहाँका अनुसार यहाँका ग्रामीण सडक निर्माण गरिएका डोटीका कपल्लेकी, लडागडा, दुर्गामाडौँ, रानागाउँ, जिजोडामाडौँ, तिखातर, जोरायललगायतका क्षेत्रमा रहेका बस्ती पहिरोको उच्च जोखिममा छन् । यी क्षेत्रका सडक बस्तीमाथि तथा तलबाट खनिएकाले पहिरोकोे उच्च जोखिम बढेको छ । प्राविधिक र वातावरणीय प्रभाव मूल्याङ्कन नगरिकनै खनिएका सडकले यहाँका गाउँमा विकाससँगै विनाश निम्त्याएको जोरायल गाउँपालिका–३ का स्थानीय हेमप्रकाश मल्लले बताए । उनले भने, “जसरी पनि सडक पुर्‍याउनुपर्छ भन्ने होडबाजीले काटिने सडक अब बन्द गरिनुपर्छ ।”

यहाँका राजनीतिक दल तथा विभिन्न जनप्रतिनिधिले चुनावको समयमा गाउँगाउँमा सकड पुर्‍याउने वाचा गरेका कारण अहिले जिल्लामा धमाधम जथाभावी तथा विनानापनक्साका सडक काटिन थालेका छन् । यतिमात्र नभई कतिपय ठाउँहरुमा त जङ्गलको बाटो हुँदै सडक काटिन थालेका छन् । ठेकेदारले जङ्गलको सडक काट्दा रुख ढल्ने र पछि उक्त रुखलाई आफँैले बेचबिखन गर्ने योजनामा जङ्गल र रुख भएका ठाउँमा सडक लैजान थालेको स्थानीयवासीको आरोप छ । यहाँका काटिन थालेका सडकको बारेमा अहिलेसम्म कसैले अनुगमन गरेको पाइँदैन । डोजर सञ्चालकको सनक तथा ठेकेदारको इशाराका भरमा जिल्लाका ग्रामीण क्षेत्रमा धमाधम सडक काटिन थालेका छन् । रासस

प्रतिक्रिया दिनुहोस