२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेटको आकार ठूलो, नयाँ कार्यक्रमको अभाव : नेता कोइराला

अ+ अ-

विराटनगर । प्रदेश नं १ नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले प्रदेश सरकारले आइतबार सार्वजनिक गरेको आगामी आव २०७६/७७ को वार्षिक बजेटको आकार ठूलो भए पनि नयाँ कार्यक्रम केही नभएको बताएका छन् ।

प्रदेश पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेता कोइरालाले प्रशस्त रोजगार सिर्जना गर्ने क्षेत्रमा बजेट न्यून छुट्याएको बताए । उनले बजेट विगत वर्षको निरन्तरता भएको टिप्पणी गरे। अनुदानमा आधारित बजेटले खासै महत्व नराख्ने कोइरालाको भनाइ थियो । “बजेट कनिका छरे जस्तै बाँडफाँट गरिएको छ’, उनले भने ।

कार्यक्रममा डा.स्वर्णिम वाग्ले, राजु नेपाल र डा.गोविन्दराज पोखरेलले बजेट समाजवादोन्मुख नभएको आरोप लगाए । बजेटले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई साकार पार्न नसक्ने उनीहरुको भनाइ थियो । नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले बजेट कार्यान्वयनमुखीभन्दा पनि प्रचारमुखी रहेको प्रतिक्रिया दिए ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले बजेटले उद्योग क्षेत्रलाई सम्बोधन गरेको प्रतिक्रिया दिए । उनले बजेट कार्यान्वयन गर्न सरकारले ठोस कदम चाल्नुपर्ने सुझाव दिए। मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवन शारडाले सरकारले उद्योगलाई प्रोत्साहन गर्ने गरी रकम विनियोजन गर्नु सकारात्मक पक्ष भएको बताए ।

प्रतिक्रिया दिनुहोस