२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशको अर्थतन्त्र राष्ट्रिय अर्थतन्त्रसँग जोड्नु मुख्य उद्देश्य : मुख्यमन्त्री पोखरेल

अ+ अ-

बुटवल । प्रदेश नं ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशको अर्थतन्त्रको आकारलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्नु मुख्य उद्देश्य रहेको बताएका छन् ।

उनले प्रदेशको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर नेपालमै प्रथम स्थानमा रहे पनि प्रदेशका लागि अर्थतन्त्रको आकार जनसङ्ख्याको आकारका हिसाबले भने कमजोर रहेकाले प्रदेशका लागि यो चुनौतीका रूपमा रहेको स्पष्ट पारे।

प्रदेश सरकारकोतर्फबाट आइतबार प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०७६/०७७ को बजेट सार्वजनिकपछि बुटवलमा आज मन्त्रालयका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले अर्थतन्त्रको आकारलाई राष्ट्रिय अर्थतन्त्रसँग मिलाएर प्रदेशलाई अर्थतन्त्रको केन्द्रका रूपमा स्थापित गर्ने हिसाबले बजेटको कार्यान्वयनमा जोड दिइने बताए । उनले कुल गार्हस्थ्य उत्पादन आगामी आर्थिक वर्षमा आठ प्रतिशतमाथि पु¥याउने गरी बजेट प्रक्षेपण गरिएको जानकारी दिए ।

उनले बजेट घाटामा नभएर स्रोत वृद्धि गर्ने सन्दर्भमा प्रदेश सरकार सफल भएको र सोहीअनुसार स्रोतमा आधारित भएर यथार्थ बजेट ल्याइएको बताए । प्रदेश सरकारको बजेट आवधिक योजनामा आधारित भएर क्रमागत योजनालाई समेत योजनामा समावेश गरेर बजेट बनाइएको उनको भनाइ थियो ।
उनले प्रदेशको समृद्धिको प्रमुख आधार कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण गर्न समुदायमा कृषि अनुदान पु¥याउन नयाँ ढाँचासहितका कार्यक्रम ल्याइएको बताए ।

सरकारले युवाको पौरख, प्रदेशको गौरवका रूपमा युवालाई कृषि क्षेत्रमा आकर्षित गरी सीप र दक्षतासँग आबद्ध गराउन कृषि विषयमा उच्च शिक्षा हासिल गरेका युवालाई स्रोत व्यक्ति तथा उद्यमशीलता विकास कार्यक्रम र पढ्दै कमाउँदै अभियानका लागि कृषकसँग विद्यार्थी कार्यक्रम लगायतका युवा लक्षित कृषि व्यवसाय प्रवर्द््धन कार्यक्रम सञ्चालन गर्ने नयाँ योजना बजेटमा व्यवस्था गरिएको उनले जानकरी दिए ।

आर्थिक वर्ष २०७६/०७७ का लागि आइतबार प्रदेशसभामा रु ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट प्रस्तुत गरिएको थियो । विनियोजित बजेटमध्ये चालूतर्फ रु १३ अर्ब ४५ करोड ५ लाख अर्थात् ३६.४ प्रतिशत, पूँजीगततर्फ रु १८ अर्ब ५७ करोड ६४ लाख अर्थात् ५१.०१ प्रतिशत रहेको छ ।

प्रदेश सरकारले भविष्यमा प्रदेशको समृद्धिको आधार पर्यटन क्षेत्र हुने कुरालाई आत्मसात् गर्दै पर्यटकीय गन्तव्य र पूर्वाधार विकासमा लक्षित गरी बजेट तयार गरिएको मुख्यमन्त्री पोखरेलले उल्लेख गरे ।

मुख्यमन्त्री पोखरेलले पूँजी बजारको विकास गर्न आधार तयार नभएको समेत बताए । ‘देशमा पूँजी बजारको विकास गर्ने तहमा अझै पुगेको छैन’, उनले भने । पूँजी बजार संस्थागत नभएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले बजार अहिले पनि जोखिमको अवस्थामा रहेको बताए । उनले पूँजी बजार व्यवस्थापकीय हिसाबले काठमाडौँमा मात्रै केन्द्रित हुने कुरा उपयुक्त नभएको बताउँदै सबै विषय केन्द्रिकृत हुने पुरानो मानसिकता भएको टिप्पणी गरे । मुख्यमन्त्री पोखरेलले भने, ‘पूँजी बजारका लागि प्रदेशमा प्रवेश गर्ने कुरा आफैँमा जटिल विषय हो ।’रासस

प्रतिक्रिया दिनुहोस